WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल फागुन १० गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. मन्त्री फेर्ने तयारीमा प्रधानमन्त्री ओली, को–को ‘डेन्जर जोन’मा : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ३ फागुनमा १ वर्ष पुग्यो । एक वर्षे कार्यकालमा सरकारले कुनै उल्लेखनीय काम गर्न नसकेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आरोप लगाइरहेको अवस्थामा अब काम कसरी प्रभावकारी बनाउने भन्नेमा प्रधानमन्त्री केपी शर्मा ओली दवावमा देखिएका छन् ।
2. ७८ लाख घुस प्रकरणमा राजपाका नेता पनि : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘आयुक्त’ राजनारायण पाठकको ७८ लाख घुस प्रकरणमा राजपाका नेता–कार्यकर्ताहरु पनि तानिएका छन् । लम्बोदर समूहबाट रकम लिन पाठकले राजपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र झालाई प्रयोग गरेका थिए ।
3. प्रधानमन्त्रीका आलोचकलाई दण्ड दिने कानून १ ‘कांग्रेसको आरोप मात्रै की साच्चै’ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नेलाई सरकारले कारबाही गर्न खोजेको आरोप लगाएको छ । कांग्रेस नेता गगन कुमार थापाले शुक्रवार १ बजे बसेको प्रतिनिधिसभा बैठकमा सूचना प्रविधिसम्बन्धी विधेयकमाथि छलफलमा भाग लिँदै सो कुरा बताएका हुन् ।
4. राष्ट्रपति भण्डारी र संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्रीबीच भेटवार्ता : राष्ट्रपति विद्यादेवी भण्डारी र संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्री मार्क ल्याङ्केष्टरबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रवार अपराह्न राष्ट्रपति भण्डारी र संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्री ल्याङ्केष्टरबीच भेटवार्ता भएको हो ।
5. क्षेत्रीय कारागारका प्रमुख ७५ हजार घुससहित पक्राउ : क्षेत्रीय कारागारका प्रमुख ७५ हजार घुससहित पक्राउ परेका छन् । शुक्रवार मध्यान्ह १२ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोली क्षेत्रीय कारागारको क्वार्टरमा पुगेका थिए ।
6. फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्छ मन्त्री बास्कोटा : सरकारले नेपालमा फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल दर्ता हुनुपर्ने बताएका छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुनैपर्ने बताएका हुन् ।
7. अल्बानियामा बंकर बनाउनुको यस्तो छ रहस्य : अल्वानिया, १४ वर्षसम्म शीत युद्ध चलेको राष्ट्र । यो राष्ट्रमा सन् १९७५ देखि १९८९ सम्म शीत युद्ध चलेको थियो ।त्यति नै बेला बनाइएको थियो बंकर अर्थात सानो घर । युद्ध बेला अल्वानियाका सेनाहरु बस्नको लागि बंकर बनाइएको जनाएको छ ।
8. राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण : राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन् । सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भएको तीनवटा विधेयक राष्ट्रपति भण्डारीबाट आज ९शुक्रवार० प्रमाणीकरण गरेकी हुन् ।
9. ‘राखेप’का कर्मचारी र प्रशिक्षक खेल संघमा आवद्ध भए बर्खास्त : युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न तयार गरेको विधेयकमा राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’का कर्मचारी र प्रशिक्षक खेल सङ्घमा आवद्ध हुन नपाइने प्रावधान समेटिएको छ । मन्त्रालयले तयार गरी राष्ट्रियसभामा पेश गरेको ‘खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ मा राखेपका कर्मचारी तथा प्रशिक्षक कुनै पनि खेल सङ्घमा आवद्ध भएको पाइए छानविन समिति बनाइनेछ ।
10. विवादपछि नेकपाको कार्यदल भंग : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग गरेको छ । शुक्रवार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको नेकपा सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेपछि सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग भएको हो ।
11. भारतीय कम्पनीले ६२ करोडमा किन्यो सौर्य एयरलाइन्स : सौर्य एयरलाइन्स ६२ करोड रुपैयाँमा बिक्री भएको छ । विमानस्थल प्रयोग गरेबापतको शुल्क नतिरेपछि ग्राउन्डेड गरिएको सौर्य एयरलाइन्स अन्ततः ६२ करोड रुपैयाँमा बिक्री गरेको हो । गत पुस २० गतेदेखि उडान बन्द भएको सौर्य एयरलाइन्सलाई भारतीय कुबेर समूहको क्लव वान कम्पनीले खरिद गरेको जनाएको छ ।
12. लहानमा अज्ञात समूहद्वारा राष्ट्रिय दैनिक पत्रिका जलाइयो : सिरहाको लहानमा आज बिहान राष्ट्रिय दैनिक पत्रिका जलाइएको छ । अज्ञात समूहले शुक्रवार बिहान लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडी बिक्रीका लागि राखिएको कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट, साप्ताहिक, हल्लो शुक्रवारलगायतका करीब ४ सयप्रति पत्रिका जनाएको हो ।
13. पेप्सीकोला–सल्लाघारी सडक विस्तार अघि बढेन, दुई वर्षमा भौतिक प्रगति १० प्रतिशत : पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । यो सडकमा ठेक्का सम्झौता भएको झण्डै दुई वर्षमा भौतिक प्रगति १० प्रतिशत मात्रै रहेको छ ।
14. वैदेशिक रोजगारीमा पठाई दिन्छु भन्दै ५ लाख घुस लिएको अभियोगमा दुई पक्राउ : फर्स सेक्युरिटी अफिसबाट वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ५ लाख घुस लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको । काठमाडौं महानगरपालिका १६ माछापोखरिस्थित सेक्युरिटी अफिसबाट वैदेशिक रोजगारमा पठाई दिन्छु भनी ५ लाख घुस लिएको अभियोगमा दुई जना पक्राउ परेका हुन् ।
15. कालीगण्डकीमा रोकिएका पक्की पुल निर्माण शुरु गरिने : कालीगण्डकीमा निर्माणकार्य रोकिएका पक्की पुल तत्काल सञ्चालन गरिने भएको छ ।पाल्पाको रामपुर र चापाकोट जोड्ने प्याक्लुकघाट र निर्दिमघाटको पुल शिलान्यास भएर पनि लामो समय बितिसक्दा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
16. कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने : कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरा बीच बिहीवार भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैंकले नियमानुसार व्यक्तिगत तथा सामूहिक जमानीमा विनाधितो ऋण प्रवाह गर्ने समझदारी भएको छ ।
17. ‘डीपीएल’ क्रिकेट – काठमाडौं गोल्डेन्सले खेल बहिस्कार गरेपछि महेन्द्रनगर फाइनलमा प्रवेश : महेन्द्रनगर युनाइटेड जारी धनगढी प्रिमियर लिग ‘डीपीएल’ क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाडौं गोल्डेन्सले क्वालिफायर खेल बहिस्कार गरेपछि महेन्द्रनगर अन्तिम दुईमा प्रवेश गरेको हो । शुक्रवार हुने क्वालिफायरको दोस्रो खेलमा काठमाडौं गोल्डेन्सका खेलाडीहरु मैदानमा नआएपछि अफिसियलहरुले महन्द्रनगरलाई विजेताको घोषणा गरेको थियो ।
18. महिला विश्वकप क्रिकेट छनोट स् तेस्रो खेलमा नेपाल विजयी, युएई ७ विकेटले पराजित : आईसीसी’ महिला विश्वकप क्रिकेट छनोटको तेस्रो खेलमा नेपाल विजयी भएको छ । एशिया छनोट अन्तर्गत शुक्रवार भएको तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो । ट्रेडथाई क्रिकेट मैदानमा ४२ रनको झिनो लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको नेपालले १० दशमलब २ ओभरमा मात्र ३ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग(यो ।
अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया