एनसेल कार्यालयमा बम पड्कियो

काठमाडौँ–ललितपुरको नक्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि बम विस्फोट भएको छ । शुक्रबार साँझ अज्ञात समूहले कार्यालयको गेटमा बम विस्फोट गराएका हुन् ।
बम बिस्फोटबाट गेटमा  क्षति पुगेको छ ।

यस्तै  जना बटुवा घाइते भएका छन् । उनीहरुको अल्का अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरले बम विस्फोट गराउनेको पहिचान हुन नसकेको भन्दै घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?