अमेरिकामा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा एक नेपालीको गोली हानी हत्या गरिएको छ ।

लम्जुङ घर भएका सुभाष घलेको हत्या भएको हो । हतियारधारीले गोली चलाउँदा घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको हो भने अन्य दुई घाइते भएका छन् ।

सुभाषले टी–मार्ट सञ्चालन गरेका थिए । हतियारधारी भित्र पसेर उनलाई गोली हानेको थियो । ति बन्दुकधारीले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?