सुनको मूल्यमा एक सयले वृद्धि

काठमाडौं । सोमवार सुनको मूल्य एक सयले वृद्धि भएको छ ।

आइतवार ६२ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक सयले बढेर ६२ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसैगरी तेजावी सुन ६२ हजार ४ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै आइतवार ७ सय ७५ मा कारोबार भएको चाँदीको मूल्य आज ७ सय ८० पुगेको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?