स्वस्थ देशको सूचीमा नेपाल विश्वमा एक सय दशौं स्थानमा

एजेन्सी । विश्वको सबैभन्दा स्वस्थ देशको सूचीमा नेपाल एक सय दशौं स्थानमा रहेको छ । स्वस्थ देशको सूचीको शीर्ष स्थानमा स्पेन रहेको छ भने इटलीले दोस्रो स्थानमा छ । आइसल्याण्ड, जापान र स्विटजरल्याण्ड क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् । 

‘ब्लूमबर्ग हेल्दियस्ट कन्ट्रि इन्डेक्स’ले संसारभरीका एक सय ६९ देशको स्वास्थ्य सम्बन्धी मूल्यांकन गरेर उक्त सूची तयार पारेको हो ।

भारतभन्दा नेपाल ९ स्थान अघि रहेको छ । साथै दक्षिण एशियाली देशको कुरा गर्नु पर्दा श्रीलङ्का ६६ औं नम्बर छ भने, बंगलादेश ९१ औं स्थानमा छ भने भारत १ सय १९ औं स्थानमा छ । 

चीन ५२ औं स्थानमा चीनः  गत वर्षको तुलनामा चीन माथि उक्लिएको छ ।

सन् २०१७ मा चीन ५५ औं स्थानमा थियो भने २०१८ मा तीन स्थान उक्लँदै ५२ औं नम्बरमा पर्न सफल भएको हो  । ‘ब्लूमबर्ग हेल्दियस्ट कन्ट्री इन्डेक्स’को सन् २०१९ औं संस्करणका लागि एक सय ६९ देशलाई समावेश गरिएकोमा । यसमा विभिन्न तथ्यलाई ध्यानमा राखेर सूची तयार गरिएको  जनाएको छ ।

अमेरिका स्वास्थ्यमा सबैभन्दा धेरै खर्च गर्ने देशः अमेरिका ती देशमा समावेश छ, जसले आफ्ना प्रत्येक नागरिकका लागि ११ हजार डलर खर्च गर्दछ जुन संसारकै सबै भन्दा धेरै रहेको उल्लेख गरिएको छ ।

अमेरिका ३५ औं स्थानमा  रह्यता पनि पछिल्लो तीन वर्षदेखि त्यहाँको औसत आयु लगातार घटिरहेको तथ्याङ्कले जनाएको छ ।

यस्तै, गत वर्षको तुलनामा चीन माथि उक्लिएको छ आफ्ना प्रत्येक नागरिकको स्वास्थ्यमा चार हजार डलर खर्च गर्ने इंगल्याण्ड  सन् २०१७ मा २३ औँ स्थानमा परेको  थियो भने हाल १९ औं स्थानमा रहेको छ ।

यो सूचीको अग्र स्थानमा रहेका देशहरुले नागरिकको स्वास्थ्यमा ७० प्रतिशत बढी खर्च त्यहाँको सरकारले नै व्यवहोर्ने प्रवन्ध रहेको छ । शीर्ष १० मा पर्न सफल  आइसल्याण्ड, जापान, स्विटजरल्याण्ड, स्विडेन, अष्ट्रेलिया, सिंगापुर र नर्वे हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?