हेलिकोप्टर दुर्घटना भएको स्थानतिर प्रहरी टोली जाँदै

काठमाडौं । पर्यटन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको स्थानका लागि ताप्लेजुङबाट प्रहरी परिचालित गरिएको छ।

घटनास्थलसम्म पुग्न प्रहरीलाई करिब ३० मिनेट लाग्ने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विनोद परियारले बताए ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी(सिडिओ)  घटनास्थलतर्फ जाँदै गरेको जानकारी स्रोतले दिएको छ । सिडिओ टोली घटनास्थल पुग्न १ किमि बाँकी भएको जानकारी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?