ताप्लेजुङ्ग । हेलिकप्टरका दुर्घटनामा परी निधन भएका सबैको शव काठमाडौं पठाउनका लागि आवश्यकम कानूनी प्रक्रिया पूरा गर्न सुकेटार विमानस्थलमै जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ ।
आवश्यक कानूनी प्रक्रिया पूरा हुनेवित्तिकै शव काठमाडौंतर्फ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताएका छन् । उनका अनुसार मौसममा सुधार आउने वित्तिकै शवहरू काठमाडौं पठाइनेछन् ।
ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ ।
बुधवार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा सबै सातजनाको निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया