हेलिकप्टर दुर्घटनाको छानविनलाई गम्भीरतापूर्वक लिनुपर्ने नेता थापाको भनाई

काठमाडौं ।  नेपाली कांग्रेसका नेता गगन थापाले मन्त्री रविनद्र अधिकारीसँग विद्यार्थी आन्दोलनदेखि नै परिचित रहेको बताउँदै आफूले धेरै कुरा सिकेको बताए ।

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा दिवंगत मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन शुक्रबार टुँडिखेलमा पुगेका नेता थापाले भने, ‘सरकारले जुन छानविन समिति बनाएको छ । यो एक दुई दिनको दुखको बेलाको मात्रै विषय नबनोस् ।’

नेपाली कांग्रेसका नेता गगन थापाले ताप्लेजुङ हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानविनलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?