पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था ‘क्रिटिकल’

काठमाडौं । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, ८२, को स्वास्थ्य अवस्था नाजुक हुँदै गएकाले भेन्टिलेटरमा राखिएको छ। ह्याम्स अस्पतालमा उपचाररत उनी अकास्मात् अचेत भएपछि भेन्टिलेटरमा राखिएको हो ।

अधिकारीको उपचारमा वरिष्ठ छातीरोग विशेषज्ञ अर्जुन कार्कीको टिम संलग्न भएको जानकारी अस्पतालले दिएको छ ।

अधिकारीलाई लामो समयदेखि आइसियूमा राखेर उपचार गरिँदै थियो । श्वासप्रश्वास र मुटुको समस्या देखिएकाले उनी माघको दोस्रो सातादेखि ह्याम्स अस्पतालमा उपचाररत थिए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?