‘सिङगल ट्री’बाट देखिने काठमाडौंको सुन्दर दृश्य

काठमाडौं, प्रदुषित शहर । यो हामी सबैलाई थाहा भएकै कुरा हो । बढ्दो प्रदुषण र मान्छेको भिडभाडले काठमाडौं शहर अस्तव्यस्त छ । अहिले काठमाडौंलाई ‘धूलोधुवाँ च्याम्बर’ पनि भन्न थालिएको छ । 

काठमाडौंको सडकमा फलिएका फोहोर, गाडीको जाम, अव्यवस्थित पार्किङ, हो—हल्ला, फुटपाथको बजार देख्दा लाग्छ कुनै सुन्दर ठाउँ नै छैन । प्रदुषणका कारण अहिले काठमाडौंमा ‘माक्स’ बिना बाहिर हिड्न सक्ने अवस्था समेत छैन । ध्वनी, वायु प्रदुषण बढ्दो छ यहाँ । 

प्रदुषण कै कारण अहिले बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको समेत छ । 

त्यसैले मानिसहरु स्वस्थ्य रहन जंगलको छेउछाउ बस्न रुचाउछन् । 

तर, काठमाडौं केवल त्यतिमात्र होइन । कंक्रिटको यो सहर छोडेर आधा घन्टामात्रै यात्रा गरे पनि काठमाडौंको फरक दृश्य देखिन्छ । नागार्जुन नगरपालिकाको स्यम्भु हलचोकस्थित ‘सिङगल ट्री’ बाट देखिने काठमाडौं निक्कै सुन्दर छ ।

काठमाडौंको हल्ला, धूलोधुवाँ भन्दा धेरै टाढा रहेको हलचोकबाट उपत्यकाको अधिकांश भागहरु देखिन्छ, शान्त, सुन्दर र मनमोहक ।  

दक्षिण भागमा रहेको रामकोटको सेतो गुम्बाको दृश्य देख्दा कम्ता सुन्दर लाग्दैनन् । नजिकै रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट बहने शितल हावाले मानिसलाई केही हदसम्म स्वस्थ्य रहेको भान गराउँछ । 

यहाँको प्राृकतिक सौन्दर्यतासँग मन्त्रमुग्ध नहुने कमै होलान् । 

तस्वीरः सरोज सिम्खडा
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?