फेरिल्याण्ड स्कुल : देशको आवश्यकता पूर्ति गर्ने जनशक्ति उत्पादन गर्दै

‘अध्यारोबाट उज्यालो तर्फ’ भन्ने नाराका साथ सन् २००९ मा स्थापना भएको फेरिल्याण्ड इन्टरनेशनल स्कुल प्रदूषण मुक्त क्षेत्र कपनमा अवस्थित छ । 

सुकेधारा चोक बाट १० मिनेट उत्तरतर्फ र बालुवाखानी चोकबाट ३ मिनेट दक्षिण तर्फ हिँडेर पुग्न सकिने यो स्कुलको मुख्य लक्ष्य विद्यार्थीहरुको सम्रग विकासमा मद्दत गर्नु हो, अनुशासन, परस्पर आदर र मित्रता सहित । यस स्कुलको अर्को लक्ष्य देशमा असल, सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्नु हो  । 

विगत ९ वर्ष देखि शिक्षा क्षेत्रमा सेवारत रहेको फेरिल्याण्ड इन्टरनेशनल स्कुलमा सात सय विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । तिनै विद्यार्थीहरुको अध्ययन र व्यक्तित्व विकासमा अहोरात्र खटिएका छन् ५० जना शिक्षक-शिक्षिका । 

फेरिल्याण्डले हरेक बच्चाको क्षमता माथि विश्वास गर्दै उनीहरुलाई उचित शिक्षा प्रदान गर्दै आएको छ । स्थापना काल देखिनै सार्थक र प्रभावकारी बाल शिक्षामा केन्द्रित भएर पठनपाठन गराउन स्कुल सफल छ । 

नयाँ पुस्ताहरुको आवश्यता र चाहानालाई फेरील्याण्डले  बुझेको छ त्यसैले प्रयोगात्मक शिक्षालाई प्रथमिकतामा राख्दै आधुनिक सामाग्रीका साथ शैक्षिक कार्यक्रम अघि बढाइरहेको यो स्कुलले असल र सक्षम नागरिक उत्पादनमा मद्दत गरिरहेको छ ।

यस स्कुलले परम्परागत तरिकाको शिक्षण विधि अपर्याप्त छ भन्ने बुझेर विषयगत दृष्टिकोण (गरेर सिक्ने, खेलेर पढ्ने र रमाइलोसंग सिक्ने) लाई शुरुवात गरेको छ  । यसका साधै विद्यालयले विद्यार्थीहरुको उमेर समूहलाई वर्गिकरण गर्दै त्यही अनुसारको शिक्षा प्रदान गर्दै आएको छ । स्कुलले विद्यार्थीहरुको अवशोषणमा ध्यान दिने गरेको छ र सहज शिक्षाको वातावरण उपलब्धता गराएको छ । 

स्कुलका प्रिन्सिपल विष्णु चन्द्र अधिकारी भन्छन्, “सबै विषय गतिविधिको आधारमा सिकाउने गरेका छौं । हामी उनीहरुलाई यहि गर्नै पर्छ भन्दै नौ किन कि बच्चाहरुले स्वयम्ले सिक्नु पर्छ भन्ने कुरामा हामी विश्वास गर्छौ र उनीहरुले आफूलाई सच्याउन सक्नु पर्छ ।”   फेरिल्याण्डले शिक्षकको शिक्षाको स्तरमा विश्वास गर्ने गरेको छ । 

“हामीले शिक्षकहरु पनि यसरी चयन गरेका छौं कि बालबालिकाहरुमा जादुको चमकले जस्तै काम गरोस ताकि उनीहरुले जुन उत्तम हो त्यो मात्र सिकुन् ।” अधिकारी भन्छन्, “२१ सौं शताब्दीमा सुहाउँदो शिक्षा दिन हामी प्रतिबद्ध छौं ।” 

स्कुलले वार्षिक रुपमा चारवट परिक्षा संचालन गर्दे आएको छ । उनीहरुको क्षमता र पढ्ने बानीको विकास गर्नको लागि महिनामा एकाई परिक्षा पनि लिँदै आएको छ । 

बच्चाहरुको शाररीक, मानसिक र सामाजिक विकासमा स्कुल सक्रिय छ  । 

होस्टेल, खाना र पानी, स्वास्थ्य परिक्षण, यातायात, पुस्तकालय, श्रव्य दृश्य कक्षा, कला, नृत्य र संगित, ट्यूटोरियल कक्षा, परार्मश आदि यस स्कुलले दिँदै आएको सुविधाहरु हुन् ।   

फेरिल्याण्ड इन्टरनेशनल स्कुलका सञ्चालक विनोद अधिकारी भन्छन्, “यो स्कुल पछिल्लो दिनमा देशलाई खाँचो परेको सक्षम र स्मार्ट नागरिक उत्पादन गर्न प्रयासरत छ ।”
शिक्षालाई संतुलन राख्न स्कुलले क्लवहरुको पनि सञ्चालन गर्दै आएको छ । यसले गर्दा उनीहरुलाई थप जिम्मेवार, आत्मविश्वासी र नेतृत्व गर्न सक्ने बनाएको छ । 

इको क्लब, सामाजिक सेवा क्लब, शाब्दिक क्लब, स्र्पोटस् क्लब, कल्चर क्लब, साइन्स क्लब र आर्ट क्लबहरु संचालन हुँदै आएका छन् । 

पाठ्यक्रममा आधारित भई आधुनिक र वैज्ञानिक ढंगले नानीहरुको पठन–पाठन गराउने यो स्कुलको व्यवस्थापक समिति, संस्थापक, शिक्षक र कर्मचारीहरु विद्यार्थीको उचित शिक्षादिक्षा र समग्र विकासमा समर्पित छन् । त्यसैले पनि स्थापनाको छोटो समयमा नै बुढानिलकण्ठ १२ ज्योतिनगर कपनामा आफूलाई अब्बल स्कुलको रुपमा स्थापित गरेको छ । 

पढउनको लागि सहज वातावरण भएको शिक्षकहरुको भनाई छ । विद्यार्थीहरुले पनि स्कुलको पढाई, अतिरिक्त कार्यक्रम र शिक्षक÷शिक्षिकाको खुलेर तारिफ गरेका छन् ।  

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?