बलिउड अभिनेता–अभिनेत्री राहुल देव एवं मग्धा गोड्से नेपाल आउँदै

काठमाडौं । बलिउड अभिनेता, अभिनेत्री तथा मोडलद्वारा राहुल देव एवं मग्धा गोड्से नेपाल आउने भएको छ । 

नेपाल भ्रमण वर्ष–२०२० को प्रवद्र्धन गर्ने हेतुले काठमाडौंको सोल्टी होटलमा आगामी चैत ९ गते बलिउड फेसन शोमा सहभागी हुन उनीहरु नेपाल आउन लागेका हुन् । 

ग्लोबल सिटिजन इन्टरटेनमेन्ट फाउन्डेसनले आयोजना गर्ने उक्त फेसन कार्यक्रमको मुख्य आकर्षण बलिउड अभिनेता, अभिनेत्री तथा मोडलद्वय राहुल देव एवं मुग्धा गोड्से हुन् । 

आयोजक संस्था अधयक्ष राजन श्रेष्ठका अनुसार सो फेसन शोमा नेपाल तथा भारतका चर्चित मोडलहरूले विभिन्न किसिमका पहिरन प्रस्तुत गर्ने बताइएको छ । साथै कार्यक्रमले महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्धको अभियानमा समेत सहकार्य गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?