मुख्यमन्त्री पोखरेल र जर्मनी राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र जर्मनी राजदुत रोल्याण्ड स्याफर भेटवार्ता भएको छ । 

आइतवार मुख्यमन्त्री कार्यालयमा भएको भेटमा प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जर्मनी राजदूतले जानकारी लिएको छन् ।

मुख्यमन्त्री पोखरेलले संघीयता कार्यान्वयनको पहिलो वर्षमा रहेको, प्रदेश सरकारले अहिले कानून निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको तथा संघीय संरचना अनुसार सांगठनिक संरचना तयार भएको जानकारी दिए ।

उनले संघीयता कार्यान्वयनका क्रममा विश्वका अनुभव अध्ययन गर्ने क्रममा जर्मनीको अनुभव पनि अध्ययन गरेको र नेपालको संघीयता मौलिक चरित्रको भएको बताए ।

उनले प्रदेशको समृद्धिबाट मुलुकको विकासलाई अघि बढाउन खोजेको तथा नेपालको विकास प्रयासमा यो प्रदेशलाई नमूना बनाउन खोजेको जानकारी दिए । साथै नेपालको विकास प्रयासमा जर्मनीको निरन्तर सहयोग रहेकोप्रति प्रशंसा गर्दै प्रदेशको विकास प्रयासमा जर्मनीको सहयोगको अपेक्षा गरेको बताए । त्यस्तै उनले जर्मनीका लगानीकर्ता इच्छुक भए स्वागत गर्न तयार रहेको बताएको बताए ।

भेटमा राजदुत स्केफरले जर्मनीको सहयोग र लगानी प्रदेशको प्राथमिकताका आधारमा गर्न चाहेको बताए । उनले लगानीका लागि प्राथमिकताका क्षेत्र, अनुकुल कानूनी वातावरण, तालिमप्राप्त जनशक्ति लगायतका विषयमा जिज्ञासा राखेका थिए । 

दुई देशबीचको भेटमा उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनमा जर्मनीको इच्छा रहेको जानकारी दिए ।

यसैगरी भेटमा जर्मन संसदका सदस्य टोविया पीफुगर, बेटिना स्टर्क, गबिइले कट्मार्क, संसदका प्रमुख मोनिका हेइन् लगायत सहभागी थिए । साथै गत बुधवार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएकोमा आफूहरु स्तब्ध भएको भन्दै सहानुभूति व्यक्त समेत गरेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?