गोपनियता अरुलाई नसुम्पेको राम्रो, यस्ता छन् टिकटकका नोक्सानी

कलाकारिताको मिनी थिएटर हो, टिक-टक ।

कतै घुम्नजादाँ ह्या यतिकै जान्छु भनेर कुनै तयारी नगरी घरबाट  बाहिर निस्कनेहरु पनि टिक–टक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका  पछिल्लो समयका युवा पुस्ताले ।

नेपालमा फेसबुक अनि इन्स्टाग्राम र अहिले टिकटकको ट्रेण्ड लोकप्रिय छ । १५ सेकेन्डसम्मकोे भिडियो बनाउन मिल्ने यसमा गीत र सम्वादमा अभिनयसमेत गर्न सकिने यो एप्स विश्वभर झण्डै १० करोडभन्दा बढीले प्रयोग गर्ने गरेका छन् ।

टिकटक युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रीय छ । घर–घरमा कलाकार छन् भन्ने कुरा टिकटकले प्रमाणित गरिदिएको छ । टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् । अब चर्चा र प्रसिद्धिका लागि कुनै ठूला सञ्चारगृहको साथको जरुरी छैन भन्ने उदहारण हो, टिकटक । 

चर्चा र प्रसिद्धिका लागि कुनै ठूला सञ्चारगृहको साथको जरुरी छैन भन्ने उदहारण हो, टिकटक । 

नेपालमा पनि टिकटकमा गरेको अभिनयबाट चर्चामा आएका रेश्मा  घिमिरे, सुपुष्पा भट्टाई, अम्रिता गुरुङ, एभिलिना खड्का, मन्जिल बस्नेत,  प्रियंका सिंह, प्रिज्मा खतिवडा, प्रिन्सि खतिवडा आदि त उदाहरणको लागि केहि नामहरुमात्र हुन् । 

त्यसो त ठूलो पर्दामा गनिएका र राम्रो चलेका कलाकार पनि टिकटकमा अभिनय गर्न रुचाउँछन् । टिकटकमा चर्चित चेहेरा अहिले म्युजिक भिडियो र फिल्ममासमेत देखिन थालेका छन् ।

कुनै गीत हिट भयो या भएन भन्ने संकेत पनि टिकटकले दिन थालेको छ । जुन गीतको टिकटकमा बढी भिडियो बन्यो त्यो गीत त्यति नै लोकप्रिय मानिने गरेको छ । पहिला नचलेका गितहरु पनि टिकटकको कारण पछि चर्चामा आएका छन् ।

युवा–युवतीसँगै सबै उमेर समुहमा समय बिताउने सिर्जनात्मक मेसो बनेको छ ।

टिकटकमा धेरै समयमा क्रियटिभिटी देखाउन सकिने र आफ्ना फ्यानहरुको वाह-वाह पाउने सकिने भएकोले पनि अभिनेत्री, अभिनेता, गायक–गायिका तथा मोडलहरु पनि टाढा रहन सकेका छैनन् ।

नेपालमो ख्याती कमाउन सफल मानिएका नायीका प्रियंका कार्की, वर्षा राउत, आँचल शर्मा, पुजा शर्मालगायतले टिकटक एप्स मार्फत भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । नायिकाका मात्र होइनन् नायकहरुमाझ पनि टिकटक निकै पपुलर (लोकप्रिय) हुँदै गएको छ ।

टिकटक एउटा सोसल मिडिया एपिलकेशन हो जस्को माध्यमबाट छोटो छोटो भिडियो बनाएर शेयर गर्न सकिन्छ ।

‘बाइट डान्स’ नामक चीनको कम्पनीले यो एप बनाएको हो । टिक टक सन् २०१६ को सेप्टेम्बरमा लञ्च भएको हो । सन् २०१८ मा टिक टक लोकप्रियताको चुलीमा पुग्यो । गत अक्टोबरमा टिकटक अमेरिकामा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न पुग्यो ।

गुगल प्लेमा टिक–टकको परिचय 'Short videos for you' भनेर दिइएको छ । प्ले स्टोरमा टिकटकको बारेमा लेखिएको छः टिकटक मोबाइलबाट छोटा छोटा भिडियो बनाउने कुनै साधारण तरिका होइन । यसमा कुनै बनाबटीपना छैन र यसको कुनै सीमा छैन । चाहे तपाईं बिहान पौने ८ बजे ब्रस गरिरहेको हुनुस् वा नास्ता बनाइरहेको हुनुस् । चाहे तपाईं जेसुकै गरिरहेको र जहाँ सुकै हुनुहोस् टिकटकमा आउनुहोस् र १५ सेकेण्डमा दुनियाँलाई आफ्नो कहानी बताउनुहोस् ।

टिकटकको साथमा तपाईंको जीवन अझै रोमाञ्चक हुन्छ । तपाईं जिन्दगीका हरेक पल जिउनुहुन्छ र हरेक समय केही नयाँ खोजी गरिरहनु भएको हुन्छ । आफ्नो भिडियोमा स्पेशल इफेक्ट फिल्टर, ब्युटी इफेक्ट, इमोजी स्टिकर तथा म्युजिक हालेर नयाँ रङ्ग दिन सक्नुहुन्छ । 

टिकटकको रमाइलो तथ्य

टिक टकबाट भिडियो बनाउँदा आफ्नो आवाजको प्रयोग गर्नु पर्दैन । केवल भिडियोमा आवाज अनुसार ओठ चलाए (लिप सिङ्क) गर्दा हुन्छ । 

जसरी फेसबुक तथा ट्वीटरमा आफ्नो अकाउन्ट भेरिफाइड गराउन अर्थात् ब्लू टिक पाउनका लागि प्रयोगकर्ताले निकै मेहेनत गर्नुपर्दछ । त्यस्तै टिकटकमा भेरिफाइड अकाउन्टवाला प्रयोगकर्ताको संख्या निकै धेरै छ । तर टिकटकमा ब्लू टिक होइन सुन्तला रङको रेजा अर्थात् अरेन्ज टिक पाइन्छ ।

जसलाई अरेन्ज टिक प्राप्त हुन्छ त्यसको अकाउन्टमा पपुलर क्रिएटर लेखेको देखिन्छ । साथै उक्त अकाउन्टवालाको भिडियो कतिले मन पराए अर्थात् कति मुटु आकारको संकेत प्राप्त गर्यो भन्ने पनि थाहा पाइन्छ । 

टिकटकबाट आम्दानी

टिकटकको केही फाइदा पनि छ । खासगरी गाउँ र स–साना सहरका लागि यो मानिसहरुको प्रतिभा देखाउने राम्रो माध्यम बनेको छ । कतिपय मानिस टिकटककोे माध्यमबाट आफ्नो अभिनय इच्छा पूरा गरिरहेका छन् । कतिले राम्रो कमेडी गर्छन् त कतिले राम्रो नाच । यतिमात्र होइन, धेरै मानिसहरुले टिकटकबाट पैसा पनि कमाइरहेका छन् ।

टिकटकले फलोअरको आधारमा पैसा दिने गरेको छ  । त्यसको साथै टिकटकमा विभिन्न च्यालेन्ज पनि भइरहेका हुन्छन्  । सबै भन्दा बढि  भिउज र लाइक पाउनेहरु उक्त च्यालेन्जको विजेता हुन्छन् र उनीहरुले रकम पाउँछन् । 

टिकटकको आम्दानीको श्रोत के ?

विज्ञका अनुसार, कुनै पनि देशमा एप लञ्च गरेसँगै कम्पनीहरुले विभिन्न देशमा मान्छे खटाउने गरेका छन् । आम रुपमा यस्ता मानिसहरुलाई भर्ती गरिन्छ जो देख्दा सुन्दर छन्, कमेडी गर्छन् अनि गाउने तथा नाच्ने कला पनि आओस् । उनीहरुले दैनिक रुपमा कुनै भिडियो तयार गरी टिकटकमा हाल्नुपर्दछ र यसका लागि उनीहरुलाई केही पैसा प्राप्त गर्छन् । 

साथै संघर्षको शुरुवाती चरणमा रहेका सेलिब्रेटीहरुलाई पनि यसमा समावेश गरिन्छ । त्यसबाट कलाकारलाई पैसा मात्र होइन, आफ्नो क्षमता देखाउने प्लाटफर्म पनि प्राप्त हुन्छ । अर्कोतर्फ कम्पनी तथा एपको पनि राम्रो प्रचारप्रसार भइरहेको हुन्छ ।

यसबाहेक कम्पनी तथा साधारण प्रयोगकर्ताका लागि आम्दानीको छुट्टै मोडेल पनि हुन्छ । यदि कसैले आफ्नो भिडियोमा कोकाकोलाको बोतल देखाउदछ वा कुनै स्याम्पुको बोतल देखाउदछ भने भिडियोको लोकप्रियताको आधारमा ब्राण्ड प्रवद्र्धनको माध्यमबाट सम्बन्धित कम्पनीमार्फत एप निर्माता र भिडियो अपलोड गर्ने दुवैलाई आम्दानी हुन्छ । भिडियोको भ्यूज, लाइक, कमेन्ट र शेयरको अनुपातमा टिकटक प्रयोगकर्ताको कमाई तय गरिएको हुन्छ । 

विज्ञहरुका अनुसार अहिले धेरै सोसल मिडिया एप्सले भ्यूजको साटो इन्गेजमेन्ट तथा अन्तरक्रियामा धेरै ध्यान दिने गरेका छन् । अर्थात् भिडियो कति मानिसले हेरे भन्दा पनि कति धेरै मानिसले प्रतिक्रिया जनाए त्यस आधारमा प्रयोगकर्ताको कमाइ बढ्दै जान्छ । 

फाइदा मात्र होइन, बेफाइदा पनि छ

भनिन्छ, सबै चिजको दुईवटा पाटो हुन्छ, सकारात्मकर र नकारात्मक । त्यसैगरि टिकटकमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि छ ।

गुगल प्ले स्टोरमा भनिएको छ कि यो एप केवल १३ वर्षमाथिकाले मात्र चलाउन पाउँदछन् । यद्यपि, यो नियम पालना भएको देखिदैन । बच्चाहरुलाई पनि टिकटकमा भिडियो बनाएर राख्ने गरिएको छ भने बच्चाहरुको नाममा पनि टिकटक अकाउण्ट भएको पाइन्छ । 

गोपनीयताको कुरा गर्ने हो भने टिकटक निकै असुरक्षित र खतरनाक छ । किनकि यसमा केवल दुईवटा प्राइभेसी सेटिङ गर्न सकिन्छः पब्लिक र वन्ली  ।

अर्थात् भिडियो देख्नेहरुमा कुनै छनौट गर्न सकिँदैन । या त तपाईंले आफ्नो भिडियो आफैंले मात्र हेर्ने, या त दुनियाँ सबैलाई देखाउने ।

यदि कोही प्रयोगकर्ता आफ्नो टिकटक अकाउन्ट डिलिट गर्न चाह्यो भने पनि आफ्नो मनलाग्दी गर्न सक्दैन । यसका लागि उसले टिकटकसँग अनुमति लिनुपर्छ । 

टिकटक पूर्ण रुपमा सार्वजनिक भएको हुँदा कसैले पनि टिकटकमा रहेको जो कसैलाई फलो गर्न सक्दछ, मेसेज गर्न सक्दछ । यस्तोमा कुनै आपराधिक प्रवृत्तिका मानिसले टिकटकमा सानो उमेरका बच्चा बच्ची तथा किशोर किशोरीहरुलाई गुमराहमा राख्ने खतरा हुन्छ ।

टिकटक अकाउन्ट विभिन्न खाले अश्लील सामाग्रीहरुले भरिएको छ । यसमा कुनै फिल्टर छैन । हरेक टिकटक प्रयोगकर्ताले त्यो देख्न सक्दछ । विज्ञहरुका अनुसार टिकटकमा कुनै पनि सामाग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतरनाक हुनसक्छ ।

यस्तोमा टिकटक इन्टरनेटमा अरुको खिल्ली उडाउने वा दुव्र्यवहार गर्ने अर्थात् साइबर बुलिङ्गको अस्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ । 

टिकटकलाई काबूमा राख्न आवश्यक भएको विज्ञहरु बताउछन् ।  सन् २०१८ को जुलाईमा इण्डोनेसियामा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो ।

किशोर किशोरीहरुले अश्लील सामाग्री अपलोड तथा शेयर गर्नका लागि टिकटकको अत्याधिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको हो । पछि केही परिवर्तन तथा शर्तनामासँगै टिकटकमाथिको प्रतिबन्ध हटाइएको थियो । तर पनि टिकटकमा अश्लील सामाग्री अपलोड गर्न भने रोकिएको छैन्  ।  

कुनैपनि एप डाउनलोड गर्दा हामी निकै गम्भीर हुनुपर्ने हुन्छ । तर हामीले एप डाउनलोड गर्दा त्यसका गोपनियताका शर्तहरुमा खासै ध्यान दिदैनौँ ।

केवल Yes तथा Allow मा टिक गर्दै अघि बढ्दछौँ । आफ्नो स्मार्टफोनको फोटो ग्यालरी, लोकेसन तथा फोन नम्बरहरु सबैमा एपलाई एक्सेस दिन्छौँ ।

त्यसपछि हाम्रो डाटा कहाँ गैरहेको छ ? कसले के मा प्रयोग गरिरहेको छ ? त्यो विषयमा हामीलाई केही थाहा हुँदैन ।

आजकल धेरैजसो एपहरुले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगले काम गरिहेका हुन्छन् । यस्तोमा यदि हामीले त्यो एपलाई एकपटक मात्र लग इन गरेर डिलिट गर्यो भने पनि हामीसँग सम्बन्धित विभिन्न जानकारीहरु सधैका लागि जुटाइ सक्छ र पर्मानेन्ट भएर त्यहि बस्छ ।  त्यसैले टिकटक र अरु सोसल साइटको प्रयोगको प्रयोग गर्दा निकै होसियार हुनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?