अभिभावकले बच्चाको यस्तो नाम राख्न नपाउने ?

—सिर्जना मिश्र 
काठमाडौँ। भनिन्छ सन्तान भगवानको वरदान हो । तर जब एक दम्पतिले बच्चा जन्माउँछन् तब अभिभावकलाई पहिलो टाउको दुखाइ भनेकै शिशुको नाम के राख्ने भन्ने हुन्छ । अझ अहिले शिशुका लागि नौलो नाम खोज्ने धुनमा धेरै बाबुआमा इन्टरनेटदेखि परामर्शदाताकहाँ सम्म पुग्ने गरेको पनि पाईन्छ ।

न्युजिल्याण्डका एक अभिभावकलाई त्याँहाको सरकारले खिन्न बनादिएको छ ।

 एक अनुमानअनुसार न्युजिल्यान्डमा वार्षिक ६० हजार शिशुको जन्म हुन्छ, जसमा १ प्रतिशतले मात्र सरकारले तोकेको नाम राख्ने गरेका छन् भने ६६ प्रतिशत बालबालिकाको नाम नमिलेका कारण सुधार गर्न पठाइने गरेको छ । 

पछिल्लो पटक अभिभावकहरूले आफ्ना सन्तानलाई अलग देखाउन अश्लील लाग्नेदेखि सामाजिक सद्भाव खलल पार्ने किसिमका नामसमेत राख्न थालेपछि  उक्त समस्या समाधान गर्न न्युजिल्यान्ड सरकारले केही नाम राख्नै नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

जसमा अल्लाह, मिस, प्रिन्स, क्विन, रोयल, इम्पेरर, डुक, सर, किंग, रोयल्टी आदि जस्ता नाम रहेको छ । सन् २०१७ मा पनि न्युजिल्यान्ड सरकारले ४ सय ९४ वटा नामलाई प्रतिबन्धित सूचीमा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?