आठौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेश छनोट : फुटबल सम्पन्न, भलिबल र बास्केटबल शुरु

पोखरा । प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशमा छनोट खेलहरु अन्र्तगत फुटबल छनोट सम्पन्न भएका छन् । 

त्यस्तै भलिबल र बास्केटबलका खेलहरु भने शुरु भएका छन् । 

बुधवार सम्पन्न पुरुष फुटबलको फाइनलमा लमजुङले गार्खा माथी गोलको वर्षा गर्दै ६–१ गोल अन्तरले स्वर्णपदक जितेको छ । लमजुङलाई जिताउन मनिष क्षेत्री, प्रदिप गुरुङ, अनन्त दुरा, लिलजङ तामाङ, घनश्याम तामाङ र बिक्रम गुरुङले गोल गरे । यता तनहुँका लागि एक मात्र सान्त्वान गोल बिशाल गुरुङले गरे । 

यता कास्य पदकका लागि भएको खेलमा तनहुँले बागलुङलाई ५–१ गोल अन्तरले पराजित गरेको छ । तनहुँको जितका लागि सचिन थापाले ह्याट्रिक पुरा गरेका थिए । 

बिजेता खेलाडीलाई गण्डकी प्रदेश सरकारका राजनितिक सल्लाहाकार गोविन्द नेपाली, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, प्रशिक्षण विभाग प्रमुख विद्याा मर्सानी लगाएतले मेडल र प्रमाणपत्र वितरण गरेका थिए । 

त्यस्तै पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा महिला तथा पुरुष भलिबल छनोट शुरु भएको छ । छनोट खेलमा पुरुष तर्फ ११ जिल्ला र महिला तर्फ ९ जिल्ला सहभागि रहेको पश्चिमाञ्चल खेलकुद कार्यालयका नासु डिबी नेपालीले जानकारी दिए । उनी नेपाल भलिबल संघका केन्द्रिय सचिब समेत हुन । 

पुरुषको छनोटमा पर्वतले मनाङलाई २५–१८,२२–२५ र २५–१९ ले पराजित गरेको छ भने बागलुङले लमजुङलाई २५–१७ र १७–१५ ले, स्याङजाले लमजुङलाई २५–२३, २५–१५ ले, नवलपुरले मुस्ताङलाई २५–१९, २५–१३ ले पराजित गरेको छ । त्यस्तै अन्य पुरुष तर्फको खेलमा पर्वत, म्याग्दी, स्याङजा र नवलपुर बिजयी भएका छन् । 

यता महिला तर्फको खेलमा म्याग्दी, कास्की, पर्वत, मुस्ताङ र बागलुङले आ–आफ्नो खेल जितेका छन । भलिबल छनोट फागुन २५ गते सम्म जारी रहने छ । 

यता प्रदेश स्तरिय बास्केटबल छनोट प्रतियोगिता पोखरा रंगशालामा शुरु भएको छ । पुरुष बास्केबल छनोटमा ९ जिल्लाको सहभागिता रहेको छ । बुधवार पुरुष छनोटमा ४ खेल सम्पन्न भएका छन । जसमा म्याग्दीले दुई खेल जितेको छ । म्याग्दीले कास्की र बागलुङलाई पराजित गरेको हो ।

म्याग्दीले खेलेको दुई खेलमा पर्वतलाई ३६–३४ र बागलुङलाई ६२–३५ को स्कोरले पराजित गरेको छ । यसै गरि अन्य खेलमा नवलपुर ले मुस्ताङलाई ६१–५३ र लमजुङले तनहुँलाई ४९–४० र पर्वतले स्याङजालाई ६३–४९ को स्कोरले पराजित गरेका छन । महिला तर्फ भने जम्मा दुई जिल्ला सहभागी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?