फागुन २३ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

 

WWW.LOKPATH.COM  अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल फागुन २३ गते देश दुनियाँमा के–के घटना भए  ?  जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

1. प्रधानमन्त्री चढेको विमान किन आकाशमा ‘होल्ड’ गरियो :  प्रधानमन्त्री ओली चढेको विमानलाई अवतरणका क्रममा आकाशमा ‘होल्ड’ भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे छानविन गर्ने भएको छ । मन्त्रालयले यसबारे छानविन गर्न सहसचिव सुरेश आचार्यको संयजकत्वमा समिति समेत गठन गरेको छ । 

 

2. ढुक्क हुनुहोस् ,हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दामा धोका हुन्न- कमल थापा :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा कुनै हालतमा छाड्न नसकिने स्पष्ट पारेका छन् ।मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको नवौ दिन कपिलवस्तुको कृष्णनगरमा आज बिहान सम्बोधन गर्दै अध्यक्ष थापाले सिद्धान्त र आदर्शको राजनीतिलाई उच्च प्राथमिकतामा राख्दै आगामी राजनिती अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । 

3. सरकारले मधेशी जनतालाई अन्याय ग(यो, अब फेरि संघर्ष गर्छौं  – राजेन्द्र महतो : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई गरेको समर्थन फिर्ता लिएको छ । बिहीवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा राजपा नेता राजेन्द्र महतोले आफूहरुसँग गरेको सहमति अनुसार सरकारले काम नगरेका कारण समर्थन फिर्ता लिएको बताएका हुन् । 
 

4. धनगढीका फेन्सी सञ्चालक सिंहको अपहरण, परिवारसँग १५ लाख माग : धनगढीका एक व्यापारीको बुधवार राति अपहरण भएको छ । धनगढीस्थित आरम्भ फेन्सी स्टोरका सञ्चालक जगतबहादुर सिंहको अपहरण भएको हो । स्रोतका अनुसार भारतीय नम्बरबाट फोन गरी सिंहका परिवारसँग १५ लाख रुपैयाँ माग गरेको बताइएको छ ।

 

5. थुनामुक्त भएका सीके राउत को हुन् ? नसोधी प्रमोसन गरेपछि राजीनामा ! :  बिहीवार सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलास साधारण तारेखमा रिहा गरेर अनुसन्धान गर्न आदेश दिएको हो ।  जिल्ला अदालतले रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

 

6. यस्तो छ, टिकापुर घटनाको फैसला ( पूर्णपाठ ) : बुधबार कैलाली जिल्ला अदातलले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएसँगै कैलाली–१ का सांसद रेशम चौधरीको पद गुम्ने भएको छ। संविधानको धारा ८७ ले सांसद हुने योग्यतामा ‘नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको’ व्यक्ति हुनु पर्ने प्रावधान राखेकोले जन्मकैदको सजाय सुनाएसँगै चौधरीको पद गुमेको हो ।

7. सरकारले जबरजस्ती माफियामुखी चिकित्सा शिक्षा ऐन जारी ग-यो – डा केसी :  त्रिवि शिक्षण अस्पतालका प्रध्यापक डा। गोविन्द केसीले सरकारले जबरजस्ती मापिÞmयामुखी चिकित्सा शिक्षा ऐन जारी गरेको बताएका छन् । उनले आफूसँग १५ औँ सत्याग्रहको बेला भएको सम्झौता अनुसार नै चिकित्सा शिक्षा संशोधन हुनुपर्ने माग गरेका छन् ।

8. तनहुँ हाइड्रोपावरले ग(यो सीएमसीसँगको ठेक्का सम्झौता रद्द :  तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन कम्पनी कोअपरेटिभा मोरातोरिइ सेमिन्टिस्टा ९सीएमसी०सँगको ठेक्का सम्झौता रद्द गरेको छ । तनहुँ हाइड्रोपावरले १४० मेगावाट जडिट क्षमताको तनहुँ जलविद्यतु आयोजनाको नदी फर्काउने र बाँध निर्माणलगायतको पहिलो चरणका संरचना ९हेड र्वक्स०निर्माणको लागि ठेक्का दिएको सीएमसीसँग सम्झौता रद्द गरेको हो ।

 

9. नेपालको नयाँ नक्सा सार्वजनिक, तीन प्रदेशको नाम, चारको नम्बर मात्रै :  नेपालको संघीय संरचना अनुसारको प्रशासनिक नक्सा सार्वजनिक गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सिंहदरबारमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नक्सा सार्वजनिक गरेकी हुन् ।

10. वाणिज्य बैंकहरुको समस्या जहाँको त्यहि, निक्षेप घटे पनि कर्जा विस्तार रोकिएन :   ऋण लगानीमा वाणिज्य बैंकहरु नसुध्रिएको तथ्यांकले देखाएको छ। तरलता अभावले समस्या परेपनि बैंकहरुले ऋण बिस्तारको गतिलाई भने कम गरेका छैनन्। गत साता मात्र बैंकहरुले पाँच अर्बले निक्षेप बढाएको थियो । त्यस्तै त्यति नै ऋण लगानी पनि गरेको थियो ।

11. राष्ट्र बैंकले दश अर्ब वित्तीय बजारमा पठाउने, अन्तर बैंकको ब्याजदरमा वृद्धि :  नेपाल राष्ट्र बैंकले दश अर्ब रुपैयाँ वित्तीय बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले लगानी योग्य रकमको अभाव झेलिरहेको बेला बैंकहरुको अन्तर बैंक कारोबारको ब्याजदरमा वृद्धि भएसँगै  बढेपछि रिपो जारी गर्न लागेको हो । राष्ट्र बैंकले एक साताको लागि ‘रिपो’ जारी गरेको हो । ‘रिपो’को आगामी बिहीवार ३ बजे बोलकबोल हुनेछ । 

12. काठमाडौंको वसन्तपुरमा रहेको ग्यास स्टोरमा आगलागी, १० वटा सिलिण्डर पड्कीयो :  काठमाडौंको वसन्तपुरमा रहेको एक ग्यास स्टोरमा आगलागी भएको छ । वसन्तपुरस्थित याट्खा टोलमा रहेको एक ग्यास स्टोरमा आगलागी भएको हो ।आगलागीबाट स्टोर रहेको चारतले घर पूर्ण रुपमा जलेको छ । 

 

13. विप्लव समूहका नेता रोकाको घरमा प्रहरीको छापा, भाग्न खोज्दा प्रहरीले चलायो गोली : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समूहका नेता दुर्गाबहादुर रोकाको घरमा प्रहरीले छापा मारेको छ । शिवराज नगरपालिका –९ स्थित रोकाको घरमा प्रहरीले छापा हानेको हो । उनको घरबाट प्रहरीले एसएमजी, तीन थान म्यागजिन र चाइनिज पेस्तोल बरामद गरेको छ ।विप्लव नेताहरुको घरमा प्रहरी ‘सर्च अपरेसन’, विप्लवका भतिज चन्दको घरमा पुग्यो प्रहरी  ! 

 

14. राष्ट्रपति भण्डारी मनकामनामा, भक्तजन घण्टौ लाइनमा ! राष्ट्रपति विद्यादेवी भण्डारी प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरमा पुगेकी छिन् । बिहीबार दिउँसो हेलिकोप्टरबाट पूजा अर्चनाकालागि उनी मनकामना पुगेकी हुन्  । २०७२ वैशाख १२ मा गएको भूकम्पबाट क्षति पुगेको मनकामना मन्दिर करिब १४ करोडको लगानीमा पुनर्निर्माण सकिएको छ।

 

15. रंगशाला निर्माणका लागि कांग्रेस प्रवक्ता शर्माको सहयोग :  नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।श्रीमति कविता शर्मासँग विवाह भएको १६ औं वर्षको अवसर पारेर उनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ९धुर्मुस०लाई सहयोग हस्तान्तरण गरेका हुन् । 

 

16. नेपालले दुई मैत्रीपूर्ण खेल खेल्ने :  नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ अनुसार नेपाली टिमले दुई मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको जनाएको हो । नेपालले कुवेत र मलेसियासँग मैत्रीपूर्ण खेल खेल्नेछ । 

 

17. साफ च्याम्पियनसिप खेल्ने महिला टिमको घोषणा, पूर्व कप्तान अनु बाहिरिन :  महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली महिला राष्ट्रिय टिमको घोषणा गरिएको छ । नेपालमा आयोजना हुन लागेको साफ च्याम्पियनका लागि २० सदस्यीय महिला टिमको बिहीवार नाम सार्वजनिक गरेको हो । महिला टिमको मुख्य प्रशिक्षक हरी खड्काले २० सदस्यीय खेलाडीको छनोट गरेका हुन् । 

18 . आन्दोलनरत शिक्षक र सरकारबीच तीन बुँदे सहमति
शिक्षक र सरकारबीच ३ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । शिक्षा मन्त्रालयमा बिहीवार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो । सहमतिपछि गएको सोमवारदेखि आन्दोलरत राहत शिक्षकले आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताएका छन् । 

 

अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?