विज्ञान स्याङ्बोको पहिलो गीत सार्वजनिक

काठमाडौं । नव गायक विज्ञान स्याङ्बोले आफ्नो पहिलो गीत ‘अप्सरा ’ सार्वजनिक गरेका छन्। गीत संगीतका माध्यमबाट नेम एन्ड फेम कमाउने सपना बोकेका यी गायकले स्रोता, दर्शक र मिडिया हाउसको राम्रो रेस्पोन्स पाउने अपेक्षा गरेका छन्। 

यस गीतमा उनको एकल स्वर, शब्द र संगीत रहेको छ भने गीतको एरेन्ज्मेन्ट बिनय केटुले गरेका हुन् । म्युजिक भिडियोमा बेस्त जोडी सुनिल क्षेत्री र एलिशा शर्माको साथमा नेपाली ठिटोस ग्रुपको अभिनय  भिडियोमा देख्न सकिन्छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । सुनिल क्षेत्री को कन्सेप्ट तथा निर्देशनमा गीतको भिडियो तयार भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?