नेकपाको प्रदेशस्तरीय जनसभा रौतहटमा शुरु, यस्तो देखियो अध्यक्षद्वयलाई

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेशस्तरीय जनसभा रौतहटको गरुडामा शुरु भएको छ । 

गत जेठ ३ गते पार्टी एकतापछि यो नेकपाको प्रदेश २ को गरुडामा पहिलो राजनीतिक वैचारिक सभा हो । 

सभालाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने छन् । त्यस्तै पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सभालाई भोजपुरमा सम्बोधन गर्ने छन् । 

शनिवार मध्याह्न १२ बजेबाट शुरु हुने भनिएको सभा डेढ घण्टा ढिलो गरी शुरु भएको हो । 

यसैगरी संविधान जारी भएपनि नेकपाको मधेशमा यो पहिलो राजनीतिक भ्रमण हो । जनसभामा नेकपाका नेतहरुले मधेश नीतिबारे जनतालाई जानकारी दिने समेत कार्यक्रम तय भएको प्रदेश इञ्चाज सत्यनारायण मण्डलले जानकारी दिए ।

यसैगरी सभालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा परिएको छ । 

फोटो : फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?