हलिउड स्टार जेन माइकल भिनसेन्टको निधन

एजेन्सी । हलिउड स्टार जेन माइकल भिनसेन्टको निधन भएको छ । उनको निधनको खबर एक महिनापछि सार्वजनिक भएको हो । 

उत्तरी कारोलिना अस्पतालले शुक्रवार सार्वजनिक गरेको रिपोर्ट अनुसार हलिउड स्टार भिनसेन्टको गत फेब्रुअरी १० मा निधन भएको थियो । 

उनको हृदयघाटबाट निधन भएको र उनको उमेर ७३ वर्षको रहेको अस्पतालद्वारा सार्वजनिक गरिएको रिपोर्टमा उल्लेख गरिएको छ । उनका श्रीमती र छोरी छन् । 

उनले हराएको भाइको खोजी कथालाई समावेश गरेर सन् १९८४ देखि १९८६ (दुई वर्ष) सम्म चलेको ‘एयरवुल्फ’ टिभी सेरिसले भिनसेन्टलाई हलिउडमा स्थापित गरायो ।

हलिउडमा ३० वर्ष काम गरेका भिनसेन्टले उत्कृष्ट टिभी सोहरु दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?