राष्ट्रिय सुरक्षा नीति मस्यौदा, नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने

काठमाडौं । नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने तर, सैनिक अभ्यासमा भने सहभागी हुने भएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्र इश्वर पोखरेल नेतृत्वको कार्यदलले पाँच महिना लगाएर तयार पारेको राष्ट्रिय सुरक्षा नीति मस्यौदा नेपाल अब कुनै पनि सैन्य गठनबन्धमा सहभागी नहुने उल्लखे छ । 

साथै कनैपनि देश विरुद्धको युद्धमा समेत नेपाली सेनाको प्रयोग नहुने मुख्य प्रस्तावसहित राष्ट्रिय सुरक्षा नीति मन्त्रीपरिषदमा पुगेको छ । 

यो मस्यौदा प्रधानमन्त्रीसमक्ष गत साता पेश भएको थियो भने अब मन्त्रिपरिषदमा छलफलपछि पारित हुनेछ । 

स्रोतकाअनुसार मस्यौदामा केही थपघट गर्नु परेमा मन्त्रिपरिषद अन्तर्गतकै समितिमा पठाइने छ । 

तर, अमेरिका, चीन र भारतजस्ता देशका सेनासँग भने दुई पक्षीय सैन्य अभ्यास अझै बढाइने छ भने कुनै पनि सैन्य गठबन्धनमा नेपाल सहभागी नहुने सुरक्षा नीति छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?