भारतीय सांसदको अपमानजनक ट्वीट, नेपालीलाई भनिन् ‘चौकीदार’

काठमाडौं । आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे आपत्तिजनक अभिव्यक्ति दिएकी छिन् । लम्बाले आज(मङ्गलवार) बिहान ट्वीटरमार्फत् नेपालीलाई ‘चौकीदार’ भन्दै अपमानजनक ट्वीट गरेकी हुन् ।

भारतमा हुन गइरहेको चुनाव र प्रधानमन्त्री मोदीलाई ‘टार्गेट’ गरिएको उक्त ट्वीटमा उनले लेखेकी छिन्, ‘प्रिय भारतवासी, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् ।’

यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?