चलचित्र ‘जात्रै जात्रा’ को नयाँ प्रदर्शन मिति तय

काठमाडौं । जात्रा’को सिक्वेलमा बनेको ‘जात्रै जात्रा’ अर्को वर्षको वैशाख २७ गते रिलिज हुने भएको छ ।

फागुन १७ गते रिलिज हुने भनिएको ‘जात्रै जात्रा’ अभिनेता विपिन कार्की मोटरसाइकल दुर्घटना परेका कारण फिल्मको शूटिङ सकिएको थिएन । 

निर्माण टिमले ‘जात्रै जात्रा’ को एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । 

प्रदिप भट्टराइले निर्देशन गरेको यो फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, रविन्द्र झा, दयाहाङ राई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । 

यस्तै फिल्म जात्रै जात्रामा समावेश ‘माया पिरिम’ बोलको गीत आइतबार सार्वजनिक हुँदैछ । यो गीतमा करिश्मा मानन्धर, निश्चल बस्नेत, सारा सिर्पालीले नृत्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?