जेविल्स फाइनान्सको शेयर लिलाममा

काठमाडौं । जेविल्स फाइनान्सले आफ्नो नविकेको संस्थापक शेयर बोलकबोल लिलामको लागि खुल्ला गरेको छ। 

नेपाल इन्भेष्टमेन्ट बैंकले खरिद गर्न लागेको जेविल्स फाइनान्सले नविकेको  बाँकी संस्थापक शेयर लिलामको लागि खुल्ला गरेको हो । 

फाइनान्सले गत साउनमा चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। शेयर निष्काशन गर्दा संस्थापक समुहतर्फ ६ लाख ६५ हजार कित्ता र सर्वसाधारणतर्फ तीन लाख ३१ हजार कित्ता शेयर बिक्री हुन बाँकी थियो । 

पहिलो पटक बिक्री हुन नसकेपछि फाइनान्सले यहि चैत्र ५ गतेदेखि १३ गतेसम्म पुनः बोलकबोल आह्वान गरेको हो।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?