बुधबार १९ मङ्सिर, २०७५ Tuesday, 18 June, 2019

कसरी दिने परीक्षा ? यस्ता छन् शिक्षाविद्का टिप्स

परीक्षा दिन सायद नै कसैलाई रमाइलो लाग्छ होला । 

नेपालमा चैत्र महिनामा मात्रै मन्टेश्वरीदेखि कक्षा १० सम्मको परीक्षा हुने महिना हो । त्यसैले यतिबेला मन्टेश्वरीदेखि नै कक्षा १० सम्मका विद्यार्थीहरुलाई कसरी परीक्षाको तयारी  गर्ने कसरी  राम्रो नतिजा ल्याउने  भनने पिरलोले गाँजेको छ । अधिकांश विद्यार्थीको बानी हुन्छ कि परीक्षा नजिकीन थालेपछि मात्रै अध्ययन गर्ने । 


ADVERTISEMENT

परीक्षालाई सबै विद्यार्थीले महत्वका साथ लिने गरेका छन् तर उनीहरु वर्षको शुरुवातदेखि नै परिक्षा भने तयारीमा खासै जुट्दैनन् ।  

अधिकांश विद्यार्थी परीक्षाको तयारी कसरी गर्ने र कसरी पढ्दा लामो समयसम्म स्मरण गर्न सकिन्छ भन्ने विषयमा अलमल्ल पर्ने गर्छन् । 

एसईई परिक्षा नजिकिँदै छ । विद्यार्थीको ध्यान पढाइमा केन्द्रित छ । कसरी राम्रो नतिजा हासिल गर्ने ? सबै विद्यार्थीको ध्याउन्न पनि यही हुन्छ जुन सहि पनि हो ।

एसईई परिक्षा नजिकिँदै छ । विद्यार्थीको ध्यान पढाइमा केन्द्रित छ । कसरी राम्रो नतिजा हासिल गर्ने ? सबै विद्यार्थीको ध्याउन्न पनि यही हुन्छ जुन सहि पनि हो ।  तर, नतिजाको दौडमा लाग्दा त्यसले तनाव निम्त्याउँछ, जो परीक्षाको बेला प्रत्युत्पादक हुन सक्छ । अर्थात्  धेरै अंक ल्याउने ध्याउन्नमा मस्तिष्कलाई अनावश्यक बोझ पर्न थाल्छ । परीक्षाको बेला तनावमुक्त हुनु जरुरी छ । पढेको कुरा पुनःस्मरण गर्नुपर्छ । तर, ‘टुप्पि कसेर’, ‘घुँडा धसेर’ किताब घोक्नुको कुनै अर्थ रहदैन । 

परीक्षा कसरी राम्रो गर्ने भन्ने विषयमा केहि शिक्षाविद्सँगको कुराकानीबाट लोकपथले केहि टिप्स जम्मा पारेको छ । 

पुरा अध्ययन

यदि विद्यार्थीले तन मन  दिएर किताबको सम्पूर्ण ज्ञान लिन सक्यो भने उसले करिब प्रशनपत्रमा आउनसक्ने प्रश्नको बारेमा भेउ पाउन सक्छ । 

पुुराना प्रश्नपत्रको अध्ययन

परीक्षा तयारी गर्दा विद्यार्थीले सधैं सम्झनुुपर्ने विषय हो, पुुराना प्रश्नपत्रको अध्ययन । यसले परीक्षाको फरम्याट कस्तो हुन्छ भन्ने मात्र प्रष्ट पार्दैन उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरु बढी महत्वपूर्ण छन् भन्ने जान्न सहज हुुन्छ । कुन प्रश्नलाई कति समय दिने भन्ने पनि यसले सहयोग पु¥याउँदछ । यस्तै ग्रुप ए मा दिईएका कति प्रश्नमध्ये कतिवटा प्रश्न कति समयावधीमा हल गर्नुपर्ने र तिनका पूर्णाङ्क कति हुन् भन्ने बारे जानकारी हुन्छ । 

समूह बनाएर पढ्ने

परीक्षाको तयारीमा जुटेका विद्यार्थीले समूह बनाएर अध्ययन गर्दा राम्रो हुन्छ । कहिले आफूले प्रश्न सोध्ने र कहिले आफूलाई प्रश्न सोध्न सकिन्छ र यसो गर्दा आत्मविश्वास बढ्छ ।  यसका अलावा पढेको कुुरा स्पष्टसँग बुुझ्न सकिन्छ । त्यसबाहेक साथीहरुको नोटकाट पनि नयाँ जानकारी वा ज्ञान पाउन पनि सकिन्छ ।

लेख्दै अध्ययन गर्ने

पुरै पाठ कण्ठ गर्ने वा पाठ बाचन गर्ने शैली त्यती प्रभावकारी मानिदैन, खासगरी स्मरणका लागि । आफुले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने बिधी उपयुक्त हुन्छ । लेख्ने तरिका छिटो र सजिलो माध्यम हो स्मरण गर्नको लागि  । कुनैपनि पाठ याद गर्नका लागि पुस्तक पढ्ने वा लेख्ने र आँखा चिम्लिएर त्यसलाई मनन गर्ने हो ।

बिहान पढ्ने

कक्षामा शिक्षकले पढाएको विषयलाई घरमा आएर राम्रोसँग अध्ययन गर्ने बानी विद्यार्थीका लागि उपलब्धि मूलक हुनसक्छ । परिक्षामा मात्र पढ्ने विदार्थीहरुले भने कठिन सामग्रीहरु बिहानै उठेर पढ्नुपर्छ । फ्रेस दिमागले पढ्दा सम्झन सजिलो हुने विभिन्न अध्ययनमा देखिएको छ । 

चार्ट र डायग्रामको प्रयोग 

कुुनै विषयवस्तुु पढ्दा श्रव्यदृश्य सामग्रीले सम्झन निकै सहयोग पु¥याउँछ । यदि यस्तो उपकरण नभएको खण्डमा महत्वपूर्ण विषयलाई चार्ट वा डायग्राममा उर्तानु पर्छ जसलाई सम्झन् सकियोस् ।
पर्याप्त सुत्ने

परीक्षाका नाममा निद्रा मारेर नसुत्दा भोलिपल्ट दिमाग फ्रेस नहुने समस्या हुन्छ । यसले स्वास्थयमा पनि समस्या निम्ताउन सक्छ । त्यसैले पर्याप्त सुत्नु राम्रो हुन्छ । 

स्वास्थ्यको ख्याल गर्ने

परीक्षाको तनाव, अनिन्द्रा, खानपानमा अनियमितताको कारण धेरै बिद्यार्थीलाई यसबेला स्वास्थ्य समस्या देखापर्न सक्छ । केहि विद्यार्थीहरु परीक्षाको समयमा बिरामी परेर परिक्षा नै छुटेको समाचारहरु पनि हामीले सुनेका छौँ । त्यसैले परीक्षामा पनि आफ्नो दिनचर्यालाई सन्तुलित राख्ने प्रयास गर्नुपर्छ । सहि समयमा सुत्ने, उठ्ने खाने तालिका अनुसरण गर्नुपर्छ ।

खानेकुरामा ध्यान दिने

परिक्षाको बेलामा ताजा खानेकुरा खाने, पर्याप्त पानी पिउने गर्नुपर्छ । किनभने शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य भइयो भने नै पढेको कुरा मस्तिष्कले ग्रहण गर्छ । र, त्यसलाई आफुले सरल ढंगमा प्रस्तुत गर्न सकिन्छ ।

नियमित ब्रेक लिने

परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुुस्तक र नोट बुुकमा मात्र केन्द्रित हुुनुु हुुँदैन । नियमित रुपमा ब्रेक लिनुुपर्छ । रातमा पढ्दा सम्झन सजिलो हुुने विद्यार्थीले दिनमा धेरै थकाइ मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुुने विद्यार्थीले रातमा थकाइ मार्ने गर्नुुपर्छ । जुुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुुपर्छ । 

आफूले जानको कुुरालाई साथीहरुलाई भन्ने

भनाइ नै छ, विद्यार्थीलाई सिक्नको लागि पुुस्तक अध्ययन गरेरभन्दा आफूले जानेको कुुरा अरुलाई भन्दा बढी प्रभावकारी हुुन्छ । त्यसैले साथीहरुलाई आफूले पढिरहेको विषयको प्रश्न आफैंलाई सोध्न लगाउने गर्नुुपर्छ । यसो गर्दा सम्झन कठिन भएको विषय स्पष्ट हुुने र परीक्षामा लेख्न अल्मलिने समस्याबाट मुुक्ति पाइन्छ ।

परीक्षाको दिन बिशेष तयारी

परिक्षाको दिन दिमागलाई प्रेसर दिनु कदापी हुँदैन । त्यसैले परीक्षाको दिन अगाबै मिहिनेत गरेर नियमित पठनपाठन गर्नुपर्छ भनिएको हो । परीक्षाको दिन सखारै उठेर केहि बेर ध्यान  गरेर ब्रेकफास्ट लिनुपर्छ । समयलाई हेक्का राख्नुपर्छ । परीक्षाको समय आवश्यक पर्ने सरसामाग्रीहरु जस्तै दुईवटा पेन, पेन्सील ईरेजर, स्केल जस्ता जोमेटी बक्स र एडमिट कार्ड अर्थात् प्रवेश पत्र भुल्नुहुँदैन । परीक्षाको दिन परीक्षा समयभन्दा ठिक २० मिनेट अगाडी परीक्षास्थल पुग्नुपर्छ । र प्रशनपत्र राम्ररी अध्ययन गरेर मात्रै उत्तर दिनुपर्छ नभुलौँ एउटा प्रश्न पूर्ण रुपमा बुझ्नु भनेको ४० प्रतिशत हल गरीनु बराबर हो । 
 

Leave a comment