फूलको आँखामा फूलै संसार…(फोटोफिचर)

काठमाडौं शहर । धेरै काठमाडौँबासीले सहरको न्वारन गरेर धुलोमाडौँ, मास्कमाडौँ, हिलोमाण्डौँ नाकाकरण गरेका छन् । छ न पनि शहर कहिल्यै सफा छैन । हराभरा र स्वच्छता सहरले गुमाएको दशक भयो । बढ्दो जनसंख्या, सिमीत स्रोत साधनले सहरको बसाई उकुसमुकुस बनाएको छ ।

भीडभाड, धुवा धुलो को त कुरै नगरौं, जामको सास्ती, सडकको दुरावस्था सहरले पछिल्लो समय थपेको विशेषता हो । तर वसन्त रीतुको आगमनसँगै सहर तंग्रिएको छ ।

वैशालु भएर फूलहरु सडकको धुलो खपेरै पनि फर्केका छन् । बिहान बेलुका चिसो महशुस भएतापनि दिउँसो चरक्क पोल्ने घाम लाग्न थालेको छ । जे  होस्  वसन्त रीतु आफूमात्रै आएन काठमाडौँलाई पनि थोरै मादकता लिएर आएको छ । 

मौसम खुलेसँगै सडक किनारामा ढकमक्क फूलेको फूलले सडकको सौन्दर्यता बढाएको हो । धुलोधुँबाट बच्न मुखमा मास्क, आँखामा चस्मा लगाउनेहरु पनि सडकको किनारामा टक्क उभिएर एउटा सेल्फी खिच्न चाहन्छन् । कसैले सामूहिक तस्वीर । नखिच्नेहरु आँखाले अघाउँजी हेरेर दंग परेका छन् ।

पार्क र सडकको किनारामा फुलेका रातो, सेतो, गुलावी आदि रङका फूलहरुले पार्कमा आउने जाने र टाढाबाट नियाल्नेलाई थोरै भएपनि खुसी दिएको छ । फूलले सौन्दर्य मात्रै होइन हाँस्न पनि सिकाउँछ । आरु जस्तै किसीमको देखिने यो फूलको नाम चेरी हो ।

हेर्नुहोस् सरोज सिंम्खडाले कैद गरेका केहि तस्वीरहरु:


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?