बुधबार १९ मङ्सिर, २०७५ Sunday, 26 May, 2019

नेपाल र जापानबीच कामदार आपूर्तिबारे सहमति, एमओसीमा हस्ताक्षर गर्ने तयारी

काठमाडौं । नेपाल र जापानबीच कामदार आपूर्तिबारे समझदारी भएको छ । 

दुई देशबीच ‘कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’(एमओसी)मा समझदारी जुटेको हो । सहमतिपछि अब एमओसीको मस्यौदा दुबै देशको मन्त्रिपरिषद बैठमा पशे हुने क्रममा रहेको छ । श्रम


ADVERTISEMENT

तथा रोजगार मन्त्रालयका अनुसार जापानसँग यहि मार्च महिनाभित्रै एमओसीमा हस्ताक्षर गर्ने योजना छ । 

त्यसैअनुसार सहमति जुटेको मस्यौदालाई मन्त्रिपरिषदमा पठाउने र त्यसपछि हस्ताक्षरको मिति तय गर्ने मन्त्रालय स्रोतले जनाएका छ । 

कामदार आपूर्तिका लागि सरकारीस्तरबाटै संयन्त्र खडा गरेर जापानमा दुबै देश सहमत भएका छन् । अब म्यानपावर व्यवसायीले जापानमा कामदार पठाउदा छुट्टै प्रक्रियाबाट पठाउनु पर्ने छ । 

नेपाल र जापान सरकारले कोरियाको जस्तै छुट्टै संयन्त्र बनाएर कामदार छनोट गरी पठाउने व्यवस्था हुने छ । 

कामदार लैजाने विधि, प्रक्रिया, लागत, कामदारको सेवा, सुविधा, सुरक्षा लगायतका विषयमा दुवै देश टुंगोमा पुगेको हो । 

समझदारी भएपछि भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट प्रक्रियाको थालनी हुनेछ । 

जापानसँग कामदार आपूर्ति प्रक्रियामा म्यानपावर लगायतका बिचौलिया संयन्त्रलाई सहभागी नगराउन र शून्य लागतमै कामदार लैजाने व्यवस्था गर्न नेपालले अनुरोध गरेको थियो । 

 

Leave a comment