नेप्सेद्वारा रिलायन्स फाइनान्सको धितोपत्र सूचीकरण स्थगन फुकुवा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स फाइनान्सको धितोपत्र सूचीकरण स्थगन फुकुवा गरेको छ । 

नेप्सेले धितोपत्रहरुको बजार मूल्यलाई प्रभाव पर्ने सुचनाहरु उपलब्ध नगरेको भन्दै २४ घण्टे स्पष्टीकरण सहित कारोबार रोक्का गरेको थियो ।

फाइनान्सले बुझाएको स्पष्टीकरण संतोषजनक नभएको भन्दै नेप्सेले धितोपत्र सम्बन्धी ऐनको पुर्ण पालना गर्न र आम लगानीकर्ताले सुचना प्रभावकारी रुपमा पाउने अधिकार चुस्त दुरुस्त कायम राख्न निर्देशन दिदै आज ‘बुधवार’ सबै कारोबार फुकुवा गरेको हो ।

साथै नेप्सेले फाइनान्सलाई यस्तो गल्ति नदोहो¥याउन आग्रह समेत गरेको छ । गत आइतवार बसेको सञ्चालक समिति बैठकले २ दशमलब ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

तर, फाइनान्सले लाभाशको निर्णय मंगलवारमात्र नेप्सेलाई जानकारी गराएपछि सबै बैकिंङ कारोबार रोक लगाएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?