सेनाले ग-यो उच्चस्तरीय सुरक्षा तालिम

काठमाडौं । नेपाली सेनाले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको समापन गरेको छ । 

फाल्गुन १५ गतेदेखि शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको तालिम बुधवार समापन भएको हो । 

तालिममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारी, नेपाली सेनाका रथी तथा अधिकृतहरु र अन्य सुरक्षा निकायका अधिकृतहरु गरि जम्मा २४ जनाको सहभागिता रहेको थियो । 

समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री  ईश्वर पोखरेलले राजनैतिक स्थायीत्वले नै राष्ट्रिय सुरक्षाको चुनौति र खतरालाई सम्बोधन गर्न सक्ने भन्दै राष्ट्रिय सुरक्षाको लागि सवै नेपालीहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी  ईश्वर हमालले स्वागत मन्तव्य राखेका थिए ।  यस्तै समापन समारोहमा नेपाल सरकार तथा अन्य सुरक्षा निकायका विशिष्ट व्यक्ति, नेपाली सेनाका रथी, विभिन्न विषयका विज्ञ, बुद्धिजीवी, सञ्चारकर्मी एवं सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?