स्थानीयद्वारा कलंकी नागढुगां सडक खण्ड अवरुद्ध, जुट्यो यस्तो सहमति

काठमाडौं । कलंकी नागढुंगा सडक अवरोध गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । 

धुलो–धुँवाका कारण समस्यामा परेको भन्दै बुधवार कलंकी नागढुंगा सडक अवरोध गर्दे स्थानीयले विरोध प्रर्दशन गरेका हुन् ।

धुलोका कारण स्वास्थ्यमा समस्यामा परेको तर सरकारी निकायबाट कुनै पहल नभएको भन्दै चन्द्रगिरिस्थित कंलकी नागढुंगा सडक खण्ड अन्तर्गत विद्युत प्राधिकरण गेट नजिक र थानकोट आसपासका स्थानीयले उपत्यका भित्रिने र बाहिरिने दुबैतर्फका सवारी ठप्प पारेका थिए ।

लामो समयसम्म सडक निर्माण कार्य सम्पन्न नहुँदा धलो, धुवाँ र हिलोको मारमा परेका स्थानीयले करिब दुई घण्टा सडक अवरोध गर्नुपरेको स्थानिय समाजसेवी उत्तम कार्कीले बताए ।

सडक बनाउने ठेकेदारको लापरवाही र सडकमा पानी समेत नहालेको भन्दै स्थानियहरुले सडकमा स्थानियहरु बिचबाटोमै बसेर सडक अवरोध गरेपछि स्थानिय र सुरक्षाकर्मीबीच विवाद समेत भएको थियो ।

नागढुंगा कलंकी सडकमा अवरोध हुँदा त्रिभुवन राजपथ समेत सवारी आवागमनमा समस्या भएको थियो । 

करिब ४५ मिनेटको अवरोध पछि अहिले दुबैतर्फको सवारी आवात–जावत शुरू भएको  ट्राफिक प्रहरी चौकी कलंकीका प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए ।

स्थानियहरुले सडक बन्द गरेपछि वार्तामार्फत समस्याको समाधान गर्न चन्द्रगिरि नगरपालिकाका मेयर घनश्याम गिरी, महानगरीय प्रहरी प्रभाग वलम्वुका प्रहरी निरिक्षक शकंर खड्का र शैलुङका प्रतिनिधिबीच दिनमा तिन पटक पानी हाल्ने सहमती भएको छ । 

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीका अनुसार घरहरु नभएको ठाउँमा छिटो पिच गरिने र धुँलो उडेको स्थानमा पानी हाल्नलाई ठेकेदार पक्षसँग सहमती भएको जनाकारी दिए ।

निमार्ण कम्पनीका प्रतिनिधिका अनुसार कंलकी नागढुंगा विस्तारले गति लिएको, सडक पिच गर्ने कार्य तिव्र रुपमा गरिएको कारण धुँलोको समस्या केहि महिनामा हल हुने बताए । गुणस्तरीय सडक निमार्ण गर्न धुँलो उडाउनु पर्ने प्राविधिक समस्या विस्तारै सहज भएर जाने उनले बताए । प्राविधिक जटिलता भएको स्थानमा पिच नगर्ने ठाउँमा पानी हाल्ने जानकारी दिए ।

यसअघि पनि स्थानीयहरुले पटक–पटक कलंकी नागढुंगा सडक खण्डमा प्रदर्शन गर्ने गरेका थिए । 

स्थानीयको प्रदर्शनपछि धुँलो कम गर्न दैनिक सडकमा पानी हाल्ने गरिए पनि समस्या समाधान हुन नसकेकोभन्दै उनीहरुले मंगलवार सडक जाम गरेका हुन् ।

१२ मिटर चौडाइसहित ४ लेनको सडक निर्माण गर्ने भनिए पनि अहिले दुईतर्फी सवारीसाधन नै एउटै लेनबाट सञ्चालन गर्नुपर्ने अवस्था छ ।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत करिब साढे १२ किलोमिटर सडक निर्माण कार्यमा हालसम्म १ अर्ब ६३ करोड ८८ लाख ९४ हजार खर्च भइसकेको छ । २०७१ सालबाट निर्माण सु? गरिएको कलंकी–नागढुंगा सडक साढे दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य थियो ।

तर, ठेकेदारको लापरवाहीका कारण चार वर्ष बितिसक्दा पनि सडक निर्माण हुन सकेको छैन । कतिपय स्थानमा मुआब्जाका कारण पनि सडक विस्तार हुन सकिरहेको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?