महानगरीय प्रहरी परिसर जावलाखेलका सईविरुद्ध मुद्दा

काठमाडौं–महानगरीय प्रहरी परिसर, जावलाखेलमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) प्रकाश चन्द्र घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
 नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
 
घिमिरेले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, बाराणसी, भारतबाट लिएको  इन्टरमिडियट तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको र सो पेश गरी सेवामा प्रवेश गरी नियुक्ति लिई लाभ समेत लिएको देखिँदा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?