च्याम्पियन्स लिग : बार्सिलोना क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । स्पेनी क्लब बार्सिलोना जारी ‘युइएफए’ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

बुधवार राति सम्पन्न भएको प्रि क्वाटरफाइनलको दोस्रो लेगको खेलमा बार्सिलोनाले फ्रान्सेली क्लब लियोनलाई ५-१ गोल अन्तरले पराजित ग-यो । बार्सिलोनाको जितमा लियोनेल मेस्सीले दुई गोल गरे ।

उनले खेलको १७ औँ मिनेटमा पेनाल्टीमार्फत तथा ७८ औँ मिनेटमा गरि दुई गोल गरेका थिए ।

त्यस्तै, फिलीप कौटिन्होले खेलको ३१ औँ मिनेटमा, गेरार्ड पिकेले ८१ औँ मिनेटमा तथा ८६ औँ मिनेटमा यसमान डेम्बेलेले समान एक-एक गोल गरेका थिए । यता लियोनका लागि खेलको ५८ औँ मिनेटमा टुसार्टले एक मात्र गोल फर्काएका थिए ।

यो जितपछि बार्सिलोना जारी लिगमा लगातार १२ औँ पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?