महोत्तरीको कञ्चनवनमा सिलिण्डर विस्फोट, दुई घाइते

जनकपुरधाम । महोत्तरीको कञ्चनवनमा सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । 

१५ दिने मिथिला मध्यमा परिक्रममाका बेला कञ्चनवनमा बेलुनमा हावा भर्ने क्रममा सिलिण्डर विस्फोट भएको हो । 

विस्फोटमा परी औरही नगरपालिका–२, महोत्तरीका ४० वर्षीया रामकरण कापड र लहेडी गौशाला नगरपालिका–१० का स्थायीबासिन्दा अमरुघिन लहेडी घाइते भएका छन् । 

घाइते दुवैको खुट्टामा गम्भीर चोट लागेको छ । उनीहरुको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?