नेपाल खुल्ला छ …….

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको कारण जनजीवन नराम्ररी प्रभावित बन्यो । 

पछिल्ला समय काठमाडौं उपत्यका लगायत देशभर आगजनी र बम विस्फोट गराइरहेको नेकपाको कारण आम मानिसमा त्रास फैलियो र उनीहरु सडकमा काम नपरी निस्केनन् । काठमाडौं उपत्यका छोडेर कुरा गर्ने हो भने देशका विभिन्न स्थानमा शंकास्पद वस्तुहरु भेटिए । यसकारण पनि आम नागरिकमा सन्त्रास फैलियो र उनीहरु नियमित कामकाजमा जान सकेनन् । 

यसैबीच विवेकशील साझा पाटीमा आवद्ध पोखराका युवाहरुले बन्द विरुद्ध प्रदर्शनी गरेका छन्। पोखराको पृथ्वीचोकमा बन्द विरुद्ध प्रर्दशन गर्दै यूवाहरुले  बन्दले देश बन्दैन, बन्दको विकल्प खोजौँ, नेपाल खुला छु लेखिएको पम्प्लेट र प्लेकार्ड देखाउँदै नाराबाजी गरेका थिए । 

बिहीवार बिहानै पोखराको सभागृह चोक र भण्डाढीकमा शंकास्पद वस्तु फेला परेकोमा नेपाली सेनाको बम डीस्पोजल टोलीले सुरक्षित रुपमा डिस्पोज गरेको थियो । पर्यटकीय नगरी पोखरामा शंकास्पद वस्तु देखिएसँगै व्यवसायीहरु आक्रोशित भएका छन् । शान्तिपूर्ण काम गरेर  खाने वातावरण तय गर भन्दै यूवाहरु आक्रोशित भएर  प्रर्दशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?