चैत दोस्रो साताबाट ज्योति र हाम्रो विकास बैंकले एकिकृत कारोबार गर्ने

एकिकृत कारोबार गर्नेकाठमाडौं । आगामी चैत दोस्रो सातादेखि ज्योति र हाम्रो विकास बैंकले एकिकृत कारोबार गर्ने भएको छ । 

यसअघि गत असार ३१ गते ज्योति विकासले हाम्रो विकास बैंकलाई गाभ्ने सम्झौता गरेको थियो । सम्झौता गरेको करिब आठ महिनापछि दुवै विकास बैंकले एकिकृत कारोबार गर्न राष्ट्र बैंकले अनुमति दिएको थियो । दुवै बैंकले फागुन २७ गते रजिष्टारको कार्यलयबाट स्वीकृति पाएको थियो । 

नेपाल राष्ट्र बैंकले भने गत पुष १२ गते नै २ संस्थालाई गाभिनका लागि अन्तिम स्वीकृति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?