के जापान साच्चिकै सुरक्षित देश हो ?

एजेन्सी । जापान, उत्पादनको सहर ।

पछिल्लो समयमा जापान जाने नेपाली विद्यार्थीहरुको संख्या बढ्दो छ । संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, युरोपियन देश हुँदै हाल जापान जाने नेपालीहरुको भिड् दिनानुदिन बढ्दै गइरहेको छ ।

पछिल्लो समय जापान सरकारले नेपालीलाई कामदार भिषामा लाने निर्णय गरेको थियो । बुधवार मात्र जापानले नेपाल सरकारसँग नेपालीलाई कामदार भिषामा लाने सहमती गरेको थियो ।

 

विज्ञान र प्रविधि क्षेत्रमा चिन निक्कै अगाडि रहेका छ । चिनलाई पच्छयाइ रहेको जापान कुनै समय विश्वको नम्बर वान अद्यौगिक देशका रुपमा चिनिन्थ्यो । तर, हाल जापानले चर्चा कमाउने कुनै पनि ‘ब्लास्ट’ काम भने गर्न सकेको छैन ।

 यतिबेला विश्वमा जापान कतिको सुरक्षित छ भन्दै विभिन्न टिका टिप्पनी भइरहेको छ । सन् २०१८ मा ‘ग्लोवल पीस इन्डेक्स’ निकालेको सुचीमा जापान नवौं स्थानमा परेको छ । पहिलो स्थानमा आइसल्याण्ड छ भने २८ औँ स्थानमा चिली रहेको । चिली सुरक्षित देशमा पर्ने पहिलो ल्याटिन अमेरिकन देश समेत हो ।

जापानमा ड्रग्स सेवन गर्ने युवायुवतीको संख्या बढी रहेको ‘ग्लोवल पीस इन्डेक्स’ले जनाएको छ । त्यहाँ अपराधिक कार्य पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । रिर्पोटका अनुसार पछिल्लो समय जापानमा एक लाख मानिसहरु मध्ये शुन्य दशमलव २८ को दरले हत्यामा हुने आकस्मिक घटना रहेको छ ।जापानमा सुरक्षाकर्मी ‘कोबेन’को रुपमा परिचित छ ।

जुन टिममा दुईदेखि तीन पुलिस रहन्छन् । उनीहरुको काम जनतालाई सुरक्षासँग जोडिको जानकारी दिने रहेको छ ।

यदि कुनै नागरिकको सामान हरायो वा चोरी भयो भने उक्त नागरिकले ‘कोवेन’मा उजुरी गर्न सक्छन् । यस्ता पुलिस समाजको सेवा दिनको लागि सधै तत्पर रहि रहन्छन् ।पुरै जापानमा ६ हजार ६ सय ‘कोबेन’ रहेको छ ।

जापान विश्वमै सबैभन्दा कम बन्दुकको प्रयोग हुने देश समेत हो । सन् २०१७ मा २२ वटा अपराधमा बन्दुकको प्रयोग गरिएको थियो । जसमा ३ जनाको मृत्युले ज्यान गुमाएका थिए । सन् २०१९ सम्म आइपुग्दा बन्दुकको प्रयोगले १५ हजार ६ सय १२ को मृत्यु भइसकेको छ ।

अपराधिक क्रियाकलाप संलग्न नहुनुको पछाडि शिक्षा व्यवस्था राम्रो भएको पनि मान्न सकिन्छ । जापानका बालबालिकालाई सानै उमेरदेखि नै उपराध गर्नु हुँदैन भन्ने शिक्षा प्रदान गर्दै आइरहेको छ । त्यस्तै साइकलिङ गर्ने चालकले फोनको प्रयोग गर्नु पनि जापानमा अपराध मानिन्छ ।

मादक पदार्थ सेवन गरि सवारी चलाउनेले जेल सजायको व्यवस्था छ । जापानका नागरिकहरु आफ्नो देशको कानुनलाई थप मजबुत बनाउन सदैव साथ दिदै आइरहेको छ ।

जापानमा सवारी चालकको लागि पनि कडा नियम लागु गर्दै आइरहेको छ । यदि जापानमा सवारी चालकले दुर्घटना घटाइयो भने कडा सजाए सुनाइने प्रचलन रहेको छ । सन् १९७० मा जापानमा सवारी दुर्घटनाकै कारण १६ हजार ७ सय ६५ जनाले ज्यान गुमाएका थिए ।

त्यति बेलादेखि नै जापान सरकारले आफ्नो नीति नियम परिवर्तन गरेको थियो । 

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?