हप्ता दिनदेखि लोडसेडिङ हुँदा भेनेजुएलामा खानेपानीको अभाव

काठमाडौं । भेनेजुएलाको राजधानी लगायतका अन्य शहरहरुमा लोडसेडिङ हुँदा खानेपानीको हाहाकार भएको छ । 

राजधानी कराकस तथा अन्य शहरहरुमा भएको लोडसेडिङका कारण त्यहाँका नागरिकहरु खानेपानीको अभावमा बाचिरहेका छन् ।

बिजुली कटौतिका कारण घरमा जडान गरिएको पम्पहरुले पानी ढुवानी गर्न छोडेपछि सो समस्या देखिएको हो । छोटो समयको लागि बिजुली आउदाँ कराकसका बासिन्दाहरु सार्वजनिक धारा र सडकमा रहेको धाराहरुमा प्लास्टिकको बोटल र भाडाहरुसँगै लामवद्ध छन् । 

केहि बासिन्दाहरु भने थोरै भएपनि पानी जम्मा गरिरहेका छन् । तर, अन्य क्षेत्रका नागरिकहरु भने खानेपानीको अभाव झेलिरहेका छन् । 

जनवरी २३ मा भेनेजुएलाका  विपक्षी नेता जुआन गइएदोले आफुलाई अन्तिरिम राष्ट्रपति घोषणा गरेलगतै अर्थिक संकटले गुज्रिरहेको भेनेजुएला थप संकटमा परेको हो ।

हाल कराकसका मानिसहरुको बाल्टिन र   जारमा पानी भरिरहेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको छ । राष्ट्रपति निकोलस मडुरोले बिजुली कटौति हुनुमा बिपक्षी दललाई दोष दिनुको साथै ‘इलेक्ट्रोम्याग्नेटिक र साईबर अट्याक’ गरेको आरोप लगाएका छन् ।

तर, बिषक्षी दलले भने बिजुली कटौतीलाई सरकारको रणनितीको रुपमा व्याख्या गरेको छ । मुडुरोको समर्थनमा चीन, टर्की र रसियाको समर्थन रहेको छ । साथै जुवानलाई समर्थन गर्ने राष्ट्रको पनि कमि छैन ।

उनको समर्थनमा अमेरीका, युरोपियन युनियन, ब्राजिल, कोलम्बिय लगाएतका राष्ट्रहरु रहेका छन् । उनलाई अन्तिरम राष्ट्रपतिको मान्यता समेत दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?