शेयर बजार पाँच अङ्कले बढ्यो

काठमाडौं । शेयर बजार बढ्ने क्रम बिहीवार पनि जारी रहेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५ दशमलब ४ बिन्दुले बढेर एक हजार १५५ दशमलब ५० बिन्दुमा पुगेको छ । 

त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलब ३६ बिन्दुले बढेर २४६ दशमलब १० बिन्दुमा पुगेको छ । बढेको बजारमा कारोवार रकममा समेत वृद्धि भएको छ । 

कूल १७१ कम्पनीको १३ लाख ३९ हजार ९७२ कित्ता शेयर रु ४८ करोड ५८ लाख ७७ हजार ९३१ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर घटेको छ ।

सो उपसमूहको शेयर ० दशमलब २३ बिन्दुले घट्दा बैंकिङ ४ दशमलब ५९, होटल ४० दशमलब ०९, विकास बैंक २२ दशमलब ५४, जलविद्युत् ४ दशमलब ६७, वित्त ५ दशमलब ०५, निर्जीवन बीमा २२ दशमलब ०८, अन्य २ दशमलब ३, लघुवित्त २ दशमलब ११ र जीवन बीमा ५ दशमलब ३७ बिन्दुले बढेको छ । 

स्टकका अनुसार तिनाऊ डेभलपमेन्ट बैंकका शेयरधनीले ९ दशमलब ८८, युनाइटेड फाइनान्स ९ दशमलब ८८, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६ दशमलब ३८, सिनर्जी पावर डेभलपमेन्ट ४ दशमलब ९५सानिमा इक्विटी फण्डका शेयरधनीले ४ दशमलब ९० प्रतिशतले कमाएका छन् । 

त्यस्तै रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६ दशमलब १२, नेपाल हाइड्रो डेभलपर्स ४ दशमलब ३७, एनआइबिएल समृद्धि फण्ड ४ दशमलब ३०, सिझि लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ दशमलब ७७ बिन्दुले कमाएका छन् । 

कारोवारका आधारमा बिहीवार  नेशनल लाइफ इस्योरेन्स कम्पनीको संस्थापक शेयर दुई करोड १० लाख ३ सय ४० मा कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै नेपाल क्रेडिट एण्ड कमर्स बैंकको  एक करोड ९४ लाख ६२ हजार २ सय ८१, नेशनल लाइफ इन्स्योरेन्स एक करोड ५७ लाख ६८ हजार ८ सय १, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको एक करोड ३६ लाख ६३ हजार ३ सय २० बराबरको कारोवार भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?