साफ महिला फुटबल : नेपाल र बंगलादेश सेमिफाइनलमा प्रवेश

विराटनगर । भुटान जारी महिला साफ च्याम्पियनसिपबाट बाहिरिएको छ । 

शहिद रंगशालामा बिहीवार भएको समूह ‘ए’ अन्तर्गतको दोस्रो खेलमा बंगलादेशसँग  २-० गोल अन्तरले पराजित हुँदै  भुटान प्रतियोगिताबाट बाहिरिएको हो ।

यस अघि भएको पहिलो खेलमा भुटान नेपालसँग ३-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै नेपाल र बंगलादेश भने सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । तर, दोस्रो हाफमा नयाँ रणनीति बनाउँदै मैदानमा उत्रिएको बंगलादेशले गोल गर्दै खेलमा अग्रता लियो ।

खेलको ४७ औँ मिनेटमा मिश्रत जहानले गोल गरिन् । त्यस्तै ८५ औँ मिनेटमा सबिना खातुनले गोल गर्दै खेललाई दोब्बर अग्रता दिलाइन् । निर्धारित समयसम्म भुटानले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा २-० को हार बेहोर्यो ।

जितपछि बंगलादेश र नेपालको समान ३-३ अंक छ । अब समूह विजेताको लागि नेपालले यहि शनिवार  बंगलादेशको सामना गर्नेछ । भुटान भने अंक बिहिन बन्दै प्रतियोगिताबाट बाहिरियो ।

प्रतियोगिता अन्तर्गत भोली ‘शुक्रवार’ समूह ‘बी’ मा रहेको माल्दिभ्सले श्रीलंकाको सामना गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?