फागुन ३० गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा आज के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

 

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल फागुन ३० गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । 
यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । कृपया LOKPATH TV सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।  

 

1. मलाई मार्ने षड्यन्त्र गरियो  – प्रचण्ड :  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव पार्टी समूहलाई प्रचण्डको नक्कल गरेर प्रचण्ड नहुने बताएका छन् । वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले सम्बोधन गर्दे सो कुरा बताएका हुन् ।

2. दश वर्षे जनयुद्धले जनवादी क्रान्ति पुरा गर्यो – योगेश भट्टराई :  वाइसिएल नेपालले आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मा कार्यक्रममा बोल्दै नेकपा नेता योगेश भट्टराईले दस वर्षे जनयुद्धले नेपालको जनवादी क्रान्ति पुरा गरेको दावी गरेका छन् ।

 

3. निर्वाचनपछि मात्रै ईपिजीको प्रतिवेदन बुझ्छौं  – गृहमन्त्री सिंह :  भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको टिप्पणी गरेका छन् । उनले भने,‘दुई देशबीच सुमधुर सम्बन्ध हुनुपर्छ । सम्बन्ध गतिशिल बनाउनुपर्छ । भारत सँधै नेपालको हित चाहन्छ।’ आतंकवादको विरुद्धमा दुवै देशले सहकार्य गर्नुपर्नेमा उनले जोड दिएका छन् । 

 

4. राष्ट्रियसभाबाट चार विधेयक स्वीकृत :  राष्ट्रियसभाको आजको बैठकले चार विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । ती विधेयकमा ‘विशेष आर्थिक क्षेत्र ९पहिलो संशोधन० विधेयक, २०७५’ र ‘भूउपयोग विधेयक २०७५’ छन् । 

 

5.मोरङमा प्रेसर कुकर बम फेला, डेढ घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध :  मोरङको बेलबारी नगरपालिका १० चिसाङ खोलाको पुलमा प्रेसर कुकर बम फेला परेको छ । पूर्व–पश्चिम राजमार्गको बीच भागमा बम फेला परेपछि डेढ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । बम फेला परेको ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छैन । 

6. साफ महिला फुटबल  नेपाल र बंगलादेश सेमिफाइनलमा प्रवेश :  भुटान जारी महिला साफ च्याम्पियनसिपबाट बाहिरिएको छ । शहिद रंगशालामा बिहीवार भएको समूह ‘ए’ अन्तर्गतको दोस्रो खेलमा बंगलादेशसँग  २-० गोल अन्तरले पराजित हुँदै  भुटान प्रतियोगिताबाट बाहिरिएको हो ।

7. ‘यु–१६’ क्रिकेट – नेपालले पहिलो खेलमा म्यान्मारको सामना गर्ने :  एसीसी सोह्र वर्षमुनि ‘यु–१६’ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको छ । थाइल्याण्डमा आगामी अप्रिल २० देखि २८ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगतामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएका आयोजक थाइल्याण्डद्वारा सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । 

8. बुटवलको कालिकाचोकमा शंकास्पद वस्तु फेला, स्थानीय त्रसित :  बुटवलको कालिकाचोकमा बिहीवार बिहानै  शंकास्पद वस्तु फेला परेको छ । रुपन्देहीस्थित सिद्धार्थ राजमार्गको बुटवल बेलहिया खण्डको कालिकाचौकको ट्राफिक ब्रेकरमाथि शंकास्पद वस्तु फेला परेको हो ।

9. विप्लवप्रति सरकारको कडा निर्देशन, ‘हतियार बोकेको देखे गोली हान्नुस्’ :  सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन समेत दिएको छ ।

10. देशभर बम आतंक, देश युद्ध तर्फ फर्केकै हो ? :  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृतवको नेकपाले बिहीवार नेपाल बन्दको आह्वान गरेको छ । पछिल्ला समय विप्लव नेतृत्वको नेकपाले काठमाडौं उपत्यका लगायत देश भर आगजनी र बम विस्फोटका घटनाहरु गराइरहेको छ ।  

 

11. विप्लव समूहलाई प्रतिबन्ध लगाउनु र सिके राउतसँग सहमति गर्नु ओलीको साहसिक निर्णय –  रञ्जित राय  : नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रायले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई प्रतिबन्ध लगाएर र सिके राउतसँग राजनीतिक सहमति गरेर साहसिक निर्णय गरेको भन्दै प्रशंसा गरेका छन् । 

12. निर्मला हत्या प्रकरण – पूर्व डिएसपीसहित ६ जना प्रहरीलाई धरौतीमा छाड्न अदालतको आदेश : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा भएका छन् ।

13. पाँच लाखमाथिको कारोवारमा मात्रै प्यान – धितोपत्र बोर्ड : शेयर बजारमा लामो समयदेखि विवादको विषय रहँदै आएको स्थायी लेखा नम्बर ‘प्यान’को समस्या समाधान भएको छ । नेपाल धितोपत्र बोर्डले  पाँच लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्तालाई मात्रै प्यान अनिवार्य गर्ने व्यवस्था गरिएको जनाएको छ । 

14. बन्दको प्रभावले छोएन पूर्वराजालाई, सीके राउतको चर्चा सेलायो, विप्लव ‘हाइलाइट’मा :  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाको आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यका बाहेक देशका विभिन्न जिल्लामा परेको छ । तर, हिजोबाट तराई–मधेश दौडाहमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई बन्दले खासै प्रभाव पारेन ।

15. हप्ता दिनदेखि लोडसेडिङ हुँदा भेनेजुएलामा खानेपानीको अभाव : 
 भेनेजुएलाको राजधानी लगायतका अन्य शहरहरुमा लोडसेडिङ हुँदा खानेपानीको हाहाकार भएको छ । राजधानी कराकस तथा अन्य शहरहरुमा भएको लोडसेडिङका कारण त्यहाँका नागरिकहरु खानेपानीको अभावमा बाचिरहेका छन् ।

 

16. नेकपा नेता शर्माको ट्विट, प्रतिबन्ध र बम दुवै समाधान होइनन् :  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता जनार्दन शर्माले सरकारको प्रतिबन्ध र नेत्रविक्रम चन्द ‘विप्लवक’ समूहको हिंसा दुवै गत भएको बताएका छन् । नेता शर्माले दुवैको कार्यशौलिप्रति टिप्पणी गर्दै सामाजिक सञ्जाल ट्विटमार्फत सो धारणा राखेका हुन् । 

17. विप्लव समूहलाई ३५ दिनभित्र हतियार बुझाउन समयसीमा :  सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको स्पष्ट गरे । 

 

18. बसन्तपुरमा ३२ फिट लामो होली चीर ठड्याइयो, औपचारिक रुपमा होली वर्ष शुरु :  काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा ३२ फिट लामो होलीको चीर ठड्याइएको छ । सोसँगै काठमाडौं उपत्यकासहित देशभर औपचारिक रुपमा होली वर्ष शुरु भएको मानिन्छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?