चैत १५ देखि ज्योति विकास बैंक र हाम्रो विकास बैंकको एकीकृत कारोबार

काठमाडौँ – ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गर्ने सबै प्रक्रिया पूरा गरेको छ ।
यो सँगै दुई बैंकबीच आगामी चैत १५ देखि एकीकृत कारोबार हुने भएको छ ।
राष्ट्रियस्तरको इजाजतप्राप्त ज्योति विकास बैंकले नुवाकोटमा मात्र काम गर्ने इजाजत लिएको हाम्रो विकास बैंक प्राप्त गर्ने सम्बन्धी सम्झौता गत असार ३१ मै गरेकाे थियो ।

फागुन २७ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त भएको र ज्योति विकास बैंककै नाममा आगामी कारोबार हुने जानकारी दिइएको छ ।

हाम्रो विकास बैंकलाई प्राप्त गरेपछि ज्योति विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौंको कमलादीमा रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?