शिक्षकको तलब ४ हजार, १८ महिनासम्म उधारोमै

बाजुरा । मासिक ४ हजार रुपैयाँमा शिक्षकले अध्यापन गराउँदै आएको सुन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । त्यो पनि १८ महिनासम्म तलब नपाएर उधारोमा । तर, यो यथार्थ हो ।

बाजुराको मस्टेश्वरी आधारभूत विद्यालयका शिक्षकले मासिक ४ हजार रुपैयाँ, त्यो पनि उधारोमा १८ महिनादेखि अध्यापन गराउँदै आएका छन् । शिक्षिका निर्मला विकले भनिन्, ‘१८ महिनादेखि उधारोमा काम गर्दै आएकी छु ।’

बूढीगंगा नगरपालिका–१० स्थित सो विद्यालयमा तीन जना शिक्षक कार्यरत छन् । चर्को आर्थिक अभावका कारण विद्यालयले शिक्षकको १८ महिनासम्मको तलब उपलब्ध गराउन सकेकोे छैन । शिक्षाको उज्यालो घामबाट बालबालिका वञ्चित हुन नपरोस् भनेर ती शिक्षकले उधारोमा भए पनि अध्यापनलाई निरन्तरता दिँदै आएका छन् । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?