#ट्रयासट्याग च्यालेन्ज ? एउटा भाइरल पोष्ट जसले ३,२४,००० शेयर र ९७,००० लाइक पायो

#ह्यास्ट्याग

पछिल्लो समय तपाईं सामाजिक सञ्जाल चलाउनुहुन्छ भने तपाईं ह्यासट्यागसँग पक्कै परिचित हुनुहुन्छ । अझ त्यसमा पनि ट्वीटर चलाउनुहुन्छ भने तपाई ह्यासट्यागको बारेमा पक्कै अनविज्ञ हुनुहुन्न । 

सामाजिक सञ्जालमा सल्लाह दिनदेखि व्यङ्ग्य गर्न प्रयोग हुनेगर्छ, #ह्यास्ट्याग । 

सामाजिक सञ्जालमा सल्लाह दिनदेखि व्यङ्ग्य गर्न प्रयोग हुनेगर्छ, #ह्यास्ट्याग । 

फोटो पोष्ट गर्दा होस् वा म्यासेज गर्दा कतै न कतै #ह्यास्ट्यागको प्रयोग भइनै रहेको हुन्छ । #ह्यास्टयागले अरुलाई सजिलैसँग विशिष्ट विषयवस्तु वा सामग्रीसँग सन्देशहरु खोज्न मद्दत गर्छ ।  
प्रायः सोसल मिडियामा भाइरल ३ह्यास्टयाग सामाजिक सञ्जाल भन्दा बाहिर जान्छ । सामाजिक सञ्जालमा मात्र ति सिमित हुँदैनन् तर रमाइलोका लागि प्रयोग भएका ३ह्यास्ट्यागले पनि कहिलेकाँही राम्रो पाठ सिकाउँछ भने समाज परिर्वतनमा पनि महत्वपूर्ण भुमिका खेल्छ ।  

पछिल्लो समयका चर्चित #ह्यास्टयागका उदहारणहरु धेरै छन् ।  

#metoo, #10yearchallenge, #ilovemywork र अहिले #ट्रयासट्याग ।

#metoo, #10yearchallenge, #ilovemywork र अहिले #ट्रयासट्याग ।

#ट्रयासट्याग एउटा यस्तो च्यालेन्ज हो जसले युवाहरुलाई वा सामाजीक सञ्जाल प्रयोगकर्ताहरुलाई वातावरण सफा गर्न प्रोत्साहन गरिरहेको छ ।

#ट्रयासट्याग च्यालेन्ज कम्प्लिट गर्न आफ्नो वरिपरि कहाँ फोहोरमैला थुप्रिएको छ खोज्नुहोस् । फोहोर देखिनेगरि फोटो खिच्नुहोस् । त्यसपछि फोहोरमैला सफा गर्नुहोस् ।  

त्यसपछि…. 

फोहोरसहित र सफा गरेपछि फेसबुक लगायत सामाजिक सञ्जालमा ३ट्रयासट्याग च्यालेन्ज कम्प्लिटेड लेखेर अप्लोड गर्नुहोस् । 

सिम्पल । 

यसमा तपाईं आफ्नो साथी अथवा अन्य व्यक्तिहरुलाई पनि #ट्रयासट्याग चुनौती दिन सक्नुहुन्छ । 

सुन्दा र हेर्दा सामान्य लाग्ने यो च्यालेन्जले मानिसहरुमा जागरुकता मात्र बढाएको छैन् तर वर्षभरि फोहोर नउठ्ने समुद्र, पार्क र सडक फोहोर मुक्त बन्दै गएका छन् ।    

सामाजिक सञ्जालमा प्रायः चुनौती चलिरहन्छन् । 

दालचीनी पाउडर खाने देखि चलिरहेको कारबाट बाहिर निस्कने, आफ्नो टाउकोमा आइसको पानीको बाल्टीमा फ्याँक्ने जो अत्यन्तै मूर्ख , सबैभन्दा खराब, अत्यन्त खतरनाक हुन्छ । यी धेरैजसो मनोरञ्जनात्मक हुन्छन् ।

यद्यपि, #ट्रयासट्यागले विश्वव्यापी रुपमा मानिसहरुलाई  जिम्मेवार बनाउँदै गएको छ । 

यो चुनौती भर्खर मात्रै शुरु भएको भने होइन । सन् २०१५ मै ’युसिओ गियर’ कम्पनीले यस्तै अभियान शुरु गरेको थिए तर त्यती बेला त्यसले कुनै पनि चर्चा पाएन भनौं वा थिएन । तर केही दिन यता यो चुनौतीको व्यापक चर्चा हुन थालेको छ ।  

यो एक राम्रो ग्लोबल चुनौती हो “संसारलाई राम्रो स्थान बनाउन”को लागि । 

यो एक राम्रो ग्लोबल चुनौती हो “संसारलाई राम्रो स्थान बनाउन”को लागि । 

भाइरल पोष्ट जसमा फेसबुकमा ३,२४,००० शेयर र ९७,००० लाइक छन्,ति युवकले भने “यो  सबैको लागि एउटा पृथक चुनौती हो ।” 

सहर सफाइको उद्देश्य बोकेको यो अभियान भनौं वा चुनौती यसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा स्थान पाउन थालेको छ ।अनलाईन मिडियाको कारणले चर्चा चुलिन थालेको छ । यसलाई अहिलेसम्म सामाजिक सञ्जालमा चलेका चुनौतीमध्ये सबभन्दा राम्रो मानिएको छ भने उत्तिकै प्रशंसायोग्य पनि । यो अरुजस्तो जोखिमयुक्त वा प्रभावविहीन छैन । यसले वरपरको ठाउँ सफा राख्न प्रेरित गर्छ । मानिसहरु हौसिएको भरमा सरसफाई गरिरहेका हुन्छन् । 

तर ति सङ्कलन गरिएका फोहोरहरु कहाँ छ ? भन्नेबारे धेरैको प्रश्न र चिन्ताको विषय बन्दै गएको छ । केवल फोहोरहरुमा मात्र प्रश्न उठेका छैन । तर ती फोहोरहरु कहाँ व्यवस्थापन गर्ने भन्ने पनि चुनोती पैदा भएको छ ।

तर ति सङ्कलन गरिएका फोहोरहरु कहाँ छ ? भन्नेबारे धेरैको प्रश्न र चिन्ताको विषय बन्दै गएको छ । केवल फोहोरहरुमा मात्र प्रश्न उठेका छैन । तर ती फोहोरहरु कहाँ व्यवस्थापन गर्ने भन्ने पनि चुनोती पैदा भएको छ ।

सामाजिक साइट चुनौती सजिलै स्वीकार गरिन्छ तर तिनीहरु लामो समय सम्म रहँदैनन् । तर अब यो चुनौती विश्वको मानिसहरुको लागि पनि प्रत्येक दिनको चुनौती भएको छ । 

आफ्नोे घर, समाज, परिवार, राष्ट्र र सिंगो विश्वलाई नै कसरी सफा राख्ने भन्नेबारे एउटा परियोजना तयार परी त्यसलाई कार्यान्वयन गर्नु जरुरी छ । 

#ट्रयासट्यागल प्रविधीले दिएको एउटा राम्रो टे«ण्ड हो जसलाई आत्मसाथ गर्नु आवश्यक छ । 

सो आर यू रेडी टू एक्सेप्ट दि लाइफटाईम #ट्रयासट्याग च्यालेन्ज ? 

सो आर यू रेडी टू एक्सेप्ट दि लाइफटाईम #ट्रयासट्याग च्यालेन्ज ? 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?