त्रिशुली जलविद्युत कम्पनीले ‘आइपिओ’ निष्काशन गर्ने

काठमाडौं । यहि चैत ७ गतेदेखि त्रिशुली जलविद्युत कम्पनीले ‘आइपिओ’ निष्काशन गर्ने भएको छ । 

जलविद्युत कम्पनीले चैत पहिला सातादेखि ३७ लाख ५ हजार कित्ता ‘आइपिओ’ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको ३७ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

त्यस्तै १ लाख ११ हजार १ सय ५० कित्ता भने कर्मचारीको लागि छुट्ट्याइएको छ भने बाँकी ३५ लाख ९३ हजार ८ सय ५० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्दैछ । 

इच्छुक लगानीकर्ताले कम्पनीको ‘आइपिओ’ छिटोमा चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस अवधिमा पर्याप्त आबेदन नपरे बैंशाख ६ गते सम्म आबेदन गर्न सकिनेछ ।

३७ मेगावटको यस आयोजनामा ८ अर्ब २२ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?