हाथवे फाइनान्स ग्लोबल आइएमई बैंकसँग गाभिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई अधिग्रहण  गर्ने भएको छ।

फाइनान्सलाई प्राप्ती गर्ने विषयमा हिजो ‘बिहीवार’ मात्र दुबै बैंक तथा वित्तीय संस्थाबीच सम्झौता भएको थियो । तीनवटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको हाथवे फाइनान्सले ग्लोबल आइएमई बैंकसँग गाभिने तयारी गरेको हो। 

‘एमओयु’ सम्झौता भएसँगै फाइनान्सको आइतवारदेखि शेयर कारोबार रोक्का हुने भएको छ । फाइनान्सको हालको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?