चन्दा आतंकले रोजगार व्यवसायी त्रसित

काठमाडौँ — नेक्रवित्रम चन्द नेतृत्वको नेकपाको युवा संगठनले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित निवासमा विस्फोट गराउनुको मुख्य कारण चन्दा नै रहेको पाइएको छ । व्यवसायीका अनुसार युवा संगठनले सबै म्यानपावर व्यवसायीसँग समन्वय गरी चन्दा दिन अध्यक्ष गुरुङसमक्ष माग गरेका थिए ।

गुरुङले व्यवसायीको अवस्था नाजुक रहेको भन्दै तत्काल चन्दा दिन नसक्ने बताए । संगठनले चन्दा मागेको चिठी फिर्ता लग्यो । त्यसको केही दिनपछि गुरुङको घरमा निकै शक्तिशाली बम विस्फोट गराए ।

चन्दा नदिएकै कारण मानवीय क्षति हुने गरी विस्फोट गराएपछि वैदेशिक रोजगार व्यवसायी त्रसित छन् । विस्फोटपछि सरकारसँग छलफल गर्न व्यवसायीले बनाएको घटना समन्वय समितिका संयोजक दिलप्रसाद पोखरेलले व्यवसायीहरू चन्दा आतंकबाट पीडित भएको बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?