विप्लव पोलिटब्यूरो सदस्य मोहन कार्की ललितपुरबाट पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’लाई प्रहरीले पक्राउ गरेको छ । 

शुक्रवार साँझ ललितपुरस्थित उनको डेराबाट कार्कीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । 

उनलाई महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले पक्राउ परेको हो । 

सरकारले विप्लवमाथि केही दिन अघि मात्रै प्रतिबन्ध लगाएको थियो । योसँगै उनका नेता तथा कार्यकर्तालाई जहाँ देखेपनि पक्राउ गर्न सरकारले आदेश दिएको थियो । 

यसअघि पनि कार्की बुटवलबाट काठमाडौं आउने क्रममा थानकोटबाट पक्राउ परेका थिए । उनीसँगै अर्का नेता कृष्ण धमला ‘गम्भीर’पनि सँगै पक्राउ परेर छुटेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?