एमबीबीएस अध्ययनरत शिशीर केसी फेवातालमा मृत फेला

कास्की । गण्डकी मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत एक किशोर फेवातालमा मृत अवस्थामा फेला परेका छन् । 

म्याग्दी घर भइ हाल पोखराको गण्डकी मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत वर्ष २४ को शिशीर केसी शनिवार १०ः३० बजे मृत फेला परेका हुन् । 

पोखराको रत्नचोकमा बस्ने केसी पोखरा १८ सेदीबगरबाट ६० मिटर टाढा तालमा फेला परेको प्रहरीले जनाएको छ । 

कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र गुरुङले घटनाको अनुसन्धान भइरहेको बताए । 

केसी एमबीबीएस पाँचौ वर्षमा अध्ययनरत थिए । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?