प्रहरीलाई घुस दिन खोज्दा मोटरसाइकल चालक पक्राउ

काठमाडौंं । प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ परेको छ । 

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोललाई पाँस सय घुसदिन खोज्दा आइतवार राती काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ८ गोठाटारबाट बा.४५प ९६३३ नम्बरको मोटरसाइकसहित चालक पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा मोटरसाइकल चालक अर्जुन बुढाथोकी र ओखलढुंगा सुनकोशी गाउँपालिका ८ घर भई हाल काठमाडौं बौद्ध नयाँबस्ती बस्ने वर्ष २३ को भेषराज थापा रहेका छन् । 

मोटरसाइकल चेकजाँच गर्ने क्रममा कागजपत्र कागजपत्र नभएका कारण मोटरसाइकल पछाडि बस्ने थापाले प्रहरीलाई ५ सय घुसदिन खोज्दा नगद र मोटरसाइकलसहि दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । 

दुवै जनालाई निण्न्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?