प्रदेश सरकारको कामको समीक्षा गर्न राजपाको छुट्टै समिति

काठमाडौं । प्रदेश २ सरकारले गरेको कामको समीक्षा गर्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले  केन्द्रमा छुट्टै संयोजन समिति बनाएको छ । 

राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवको संयोजकत्वमा राजपाले ५ सदस्यीय समितिभ बनाएको छ । 

प्रदेश २ मा सरकारले गरेका कामको समीक्षा र आवश्यक निर्देशन दिन समिति बनाएको अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादवले जानकारी दिए । 

यसैगरी संयोजन समितिमा संघीय समाजवादी फोरमलाई समेत सहभागिता गराउने प्रयास भइरहेको उनले बताए । 

उनले भने, ‘समाजवादी फोमरलाई संयोजक समितिमा सहभागिता गराउने गरी वार्ता गर्न समेत यादव जीलाई जिम्मा दिएका छौं ।’ 

प्रदेश ३ मा फोरम र राजपाको संयुक्त सरकार छ ।

यसैबीच, राजपाले राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा संसदमा रहेका दलहरुसँग छलफल गर्न सरकारसँग आग्रह गरेको छ । 

राजधानीको एक होटलमा ३ दिनसम्म बसेको अध्यक्ष मण्डलको बैठकले राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा राष्ट्रिय सहमतिको आधारमा समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको हो । 

साथै सरकारले नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई प्रतिबन्ध लगाउनु गलत भएको राप्रजाको बुझाइ छ । 

विप्लवसँग वार्ताको विकल्व हुँदाहुँदै सरकारले हतारमा प्रतिबन्ध लगाउनु गलत भएको राजपा अध्यक्ष मण्डलको बैठकले निष्कर्ष निकालेको हो । 

सरकारको अहंकार र दम्भले मुलुक पुनः द्वनद्वतर्फ फर्केने खतरा बढेको राजपाले जनाएको छ । 

सरकारले केही दिनपहिला मात्रै विप्लव समूहलाई प्रतिबन्ध लागाउने निर्णय गरेको थियो । यो सँगै सरकारले गरेको निर्णयको चौतर्फी विरोध भइरेको छ । 

त्यस्तै विप्लव नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’लाई प्रहरीले पक्राउ गरेको छ । 

शुक्रवार साँझ ललितपुरस्थित उनको डेराबाट कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?